बालिका सम्मेलन हुने


प्रकाशित मिति :2016-03-10 14:16:48

महिला खबर
girls not brideकाठमाडौं । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले बालविवाह, कलिलो उमेरमा हुने विवाह र जवर्जस्ती हुने विवाहलाई निरुत्साहन गर्न काठमाडौँमा राष्ट्रियस्तरको बालिका सम्मेलन गर्ने भएको छ ।२०३० सम्ममा बालविवाहमुक्त समाजको परिकल्पना सहित बालिकाको भविष्य सुनिश्चित गर्नेसरकारको प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउन बालिका सम्मेलन आयोजना गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

संंयुक्त राष्ट्र संघले सन् २०१६ देखि २०३० सम्म लागि तय गरेको दिगो विकासको कार्यसूचीमा बालविवाह, कलिलो उमेरमा हुने विवाह, र जवर्जस्ती हुने विवाहको अन्त्य गर्ने लक्ष्य लिएको छ ।

सन् २०१४ मा बेलायतमा सम्पन्न पहिलो किशोरी सम्मेलनमा नेपाल सरकारले बालविवाह, कलिलो उमेरमा हुने विवाह तथा जबरजस्ती विवाहको अन्त्य गर्ने प्रतिबद्धता जनाएको थियो । नेपाल सरकारले पहिलो बालिका सम्मेलनमा बालविवाह, कलिलो उमेरमा हुने विवाह तथा जबरजस्ती विवाहलाई निरुत्साहन गर्ने प्रतिवद्धता जनाए अनुसार रणनीति पनि तयार गरेको छ ।

Bal bibaha @ jajarkot -1

युनिसेफ नेपाल र युकेएडको प्राविधिक तथा वित्तीय सहयोगमा  आउँदो चैत १० गते हुने सम्मेलनको तयारीका लागि बाल विवाह उच्च रहेका १५ वटा जिल्ला मोरङ, सप्तरी, उदयपुर, मकवानपुर, रौतहट, कपिलवस्तु, रूपन्देही, नवलपरासी, कालीकोट, बाँके, दैलेख, सुर्खेत, बझाङ, बैतडी तथा डोटी जिल्लामा किशोर किशोरी र बालविवाह भएका युवाले भोग्नुपरेका चुनौती र समस्याबारे बालबालिका तथाकिशोर किशोरीहरूसँग जिल्लास्तरमा परामर्श गरिरहेको महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा बालबालिका, किशोर किशोरी, युवा युवती, समुदायका अगुवाहरु , धार्मिक अगुवा, सरकारी तथा अन्तर्राष्ट्रियस्तरका ब्यक्तित्वहरु,विज्ञ तथा लैङ्गिक समानता,महिला र बालबालिका तथा किशोर किशोरीहरूको अधिकार एवम् सशक्तिकरणको क्षेत्रका व्यक्तिको सहभागिता हुनेछ ।

नेपालमा १३ लाख भन्दा बढी १० देखि १९ वर्षसम्मका किशोरीहरू बालविवाह हुने जोखिममा छन् भने १५ देखि १९ वर्षसम्मका २४।५ प्रतिशत महिला हाल विवाहित छन् । यसैगरि २० देखि ४९ वर्षसम्मका ४८।५ प्रतिशत महिलाको १८ वर्ष नपुग्दै बिहे हुने गरेको छ ।

विश्वमा अहिले पनि ७० लाख भन्दा बढी महिलाको वाल विवाह हुने गरेको युनिसेफले जनाएको छ । युनिसेफका अनुसार हरेक तीन जनामा एक महिला वा २५ करोड महिलाको १५ वर्ष उमेर नपुग्दै विवाह भइसकेको हुन्छ भने १८ वर्ष उमेर नपुग्दै बिहे हुने किशोरीले विद्यालय शिक्षालाई निरन्तरतादिने सम्भावना न्यून हुने र उनीहरू विभिन्न किसिमका घरेलु हिंसाको शिकार हुने सम्भावना बढी रहन्छ ।

२० देखि ३० वर्षका महिलाको तुलनामा कलिला उमेरका किशोरीको गर्भावस्था तथा प्रसवका वेला आउने जटिलताका कारण मृत्यु हुने र किशोरीले जन्माएका बच्चा पनि मृत जन्मने वा जन्मेको एक महिनामै मृत्यु हुने सम्भावना बढि हुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: