महिला खबर
सुनसरी । महिलालाई यौन दुर्व्यवहार गरेको भन्दै सुनसरीको रामनगरमा रहेको बालकृष्ण उच्च माविका शिक्षक विष्णुदेव पौदारलाई विद्यालयले निकालिदिएको छ । शिक्षक पौदारले रक्सी खाएर रामनगर कै एक विद्यार्थीको घरमै गएर यौन दुर्व्यवहार गरेको भन्दै विद्यालयले उनलाई निष्कासन गर्ने निर्णय गरेको हो । पौदारले घरमा कोही नभएको बेला ती विद्यार्थीलाई जबर्जस्ती गर्न खोजेपछि हल्ला भएर विद्यालयसम्म कुरा पुगेको थियाे ।
पौदारले फागुन १ गते राति विवाहित ती विद्यार्थीको घरमा गई दुर्व्यवहार गरेको विद्यालयको भनाइ छ । घटनाको विषयमा स्थानीयवासी र पीडितसँग बुझेर विद्यालय प्रशासन, स्थानीयवासी, शिक्षक, कर्मचारी, अभिभावक, विद्यालय व्यवस्थापन समिति समेतको बैठकले पौदारलाई विद्यालय निकाल्ने निर्णय गरेको हो ।
शिक्षक पौदारले यसअघि पनि श्रीमावि देवागन्जमा छँदा यस्तै हर्कत गरेपछि निष्कासन गरिएको थियो ।
Comment Here!