देविका घर्ती मगर
दाङ । दाङमा एक महिलामाथि एसिड प्रहार गरिएको छ । घोराही–२ गुलरियास्थित प्रहरी बोर्डिङ नजिकै साँझ ७ वजे महिलामाथि एसिड प्रहार गरिएको हो ।
प्रहरी बोर्डिङ नजिकै किराना पसल सञ्चालन गर्दै आएकी रीता चौधरीमाथि २ जना अपरिचित व्यक्तिले एसिड प्रहार गरेको पीडितका भाइ बसन्त चौधरीले जानकारी दिनुभयो ।
एसिड प्रहारबाट चौधरीको दाहिने गाला र गर्धन जलेको छ । राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार हुन नसकेपछि चौधरीलाई नेपागञ्ज लगिएको छ । प्राथमिक उपचार गरी नेपालगञ्ज रिफर गरिएको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीले जनाएको छ ।
Comment Here!