महिला सहकारीले ल्यायो गाउँमा परिवर्तन


प्रकाशित मिति :2016-03-11 14:54:12

रमेश रावल

dd

सहकारीका  सदस्य

कालिकोट । दुर्गमका महिलाले बचतमार्फत आफ्नो जीवनस्तर सुधार्न थालेका छन् । कलिकोट गेला गाबिसमा संचालित ‘महिला बचत तथा ऋण सहकारी संस्था’ गाउँमा समस्या समाधानको सहारा बनेको छ । गाउँमा कसैले व्यवसाय गर्न, बिरामी पर्दा सहकारीले  ऋण दिने भएकाले महिला बचत तथा ऋण सहकारी संस्था समस्याको साथी भएको हो ।

गत साल माघबाट शुरु भएको उक्त सहकारी संस्थाले एकवर्षको अवधिमा ९ लाख रुपैयाँ  बचत गर्न सफल भएको छ ।  बचत रकमबाट गाउँका कोही बिरामी परेमा वा कसैलाई व्यवसाय गर्न पैसा चाहिएमा  सस्तो ब्याजमा ऋण उपलब्ध गारउने गरेको महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निर्मला शाहीले बताइन् । कसैले व्यवसाय गर्न चाहेमा वा दुःखी बिरामी हुदाँ न्यून ब्याजदरमा ऋण उपलब्ध गराउँछौं, त्यसैले यो सहकारी समस्याको साथी बनेको छ’ उनले भनिन् । शुरुमा गाबिसका १८ जना महिला मिलेर सुरु गरेको  यो सहकारीमा हाल २ सय ८८ जना महिला सदस्य रहेका छन् ।

‘शुरुमा थोरै महिला मिलेर स्थापना गर्दा महिलाले के गर्लान् ? भनेर गाउँका पुरुषले हेयको भावले हेरेका थिए, अहिल योे सहकारीबाट   पुरुषले ऋण लिएर व्यवसाय संचालन गरेका छन्, यसबाट हामी निकै उत्साहित छौं’ महिला बचत तथा ऋण सहकारी संस्थाकी सदस्य शिवा शाही भन्छिन्  ।

एक हजार रुपैयाँको  मासिक व्याजदर १ रुपैयाँ ५० पैसामा ऋण उपलब्ध गराउने यो सहकारीले गाउँमै सुपथ मुल्यको सहकारी पसल खोल्ने तयारी गरेको छ ।  पसलमा दैनिक उपभोग्य बस्तुको बिक्रि बितरण गरिने सहकारी सदस्य धनपुरा शाहीले जानकारी दिइन् । यसले गर्दा गृहणीलाई समेत केही राहत पुग्न उनीहरूको विश्वास छ ।

सहकारी गठन भएको १ वर्षमा सेयर सदस्यबाट मासिक १ सय रुपैयाँ उठाएर ठुलो बचत तथा ऋण सहकारी संस्था बनाउन सफल भएकोमा महिला विकास कार्यालयले समेत महिला बचत तथा ऋण सहकारी संस्था गेलालाई सम्मान गरेको छ ।  महिला विकास अधिकृत सबिता थापा मगरले गाउँका साधारण महिलाले बचत तथा ऋण सहकारी संचालन गरेर गाउँको सेवा पुर्‍याएकोमा सम्मान  गरेको बताइन् ।

महिला बचत तथा ऋण सहकारी संस्थाले गाउँमा जनचेतनामूलक कार्यक्रम पनि गर्ने गरेको छ । गाउँमा बालबिवाह, अनमेल बिवाह, छाउपडी प्रथा न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम, गाउँलाई मदिरा निषेधित क्षेत्रमा बनाउन पनि पहल गरिरहेको गेला गाबिसका प्राविधिक अक्कलबहादुर शाहीले बताए । ‘यो सहकारीले गाउँमा सामाजिक काम पनि गर्ने गरेको छ, महिलाले गाउँमा रहेका कुरीतिकाविरुद्धमा लड्ने योजना बनाएका छन्, यो निकै प्रशंसनीय काम हो’ उनले भने ।

महिला बचत तथा ऋण सहकारी संस्थाले गाउँमा राम्रो काम गरेकोमा त्यहाँका स्थानीयबासी पनि निकै खुःसी छन् । महिलाले काम गर्न सक्दैनन् भन्ने पुरानो संस्कारलाई गाउँका महिला मिलेर सभ्य भन्नेहरूलाई केही कुरा सिकाएको जिल्ला विकास समिति कालिकोटका पुर्व सभापति नेत्रबहादुर शाहीले बताए । ‘दुर्गम गाउँका महिला मिलेर बचत र ऋणको मात्र काम गरेका छैनन् गाउँलाई सभ्यताको संस्कार पनि सिकाएका छन्’ उनले भने ।

साधारण महिलाले आँट गरेर काम गरेमा राम्रो काम गर्न सक्ने यसलाई जिल्ला भरीका महिलाले शिक्षा लिनुपर्ने नेपाल पत्रकार महासंघ कालिकोटका कोषाध्यक्ष दिलु बमले बताइन् । ‘यसबाट जिल्लाका अरु महिलाले शिक्षा लिनुपर्छ, आँट र जाँगर भएमा महिला पनि पुरुषभन्दा कम हुदैनन्’ उनले भनिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: