विपद् बोकेर हिँड्ने कलाकार


प्रकाशित मिति :2016-03-11 15:53:07

महिला खबर

Asmina 2

कलाकार अस्मिना रञ्जित

काठमाडाैं । कलाकार अस्मिना रञ्जित। यी महिलाबादी कलाकारले राज्यलाई सधैँ रचनात्मक शैलीमा घच्घच्याउँछिन्। अहिले उनले ‘विपद्’ नाम दिएर एउटा अस्थिपञ्जर बोकेर हिँड्छिन्।

‘मंसिर २३ गतेदेखि बोक्न थालेको, त्यो दिन निरन्तर ८१ घण्टासम्म बोकेँ, संविधान जारी गरेको ८१ दिन भएको थियो। एक दिनमा १ घण्टाका दरले ८१ घण्टा बोकेकी हुँ’ उनले भनिन्।

Asmina

‘हामीले महिलामैत्री संविधानका लागि धेरै आन्दोलन गर्‍यौं। तर, त्यो पाएनाैं। आमाको नाममा आफ्ना सन्तानलाई नागरिकता दिन राज्यले बाबुको उपस्थिति अनिवार्य खोज्यो। त्यसैले यो संविधानले महिलालाई राज्यविहिनको अवस्थामा ल्यायो र महिलालाई दोस्रो दर्जा कै नागरिकका रुपमा हेर्‍यो। त्यसैले महिलाका लागि राज्य कहीँपनि छैन भन्ने संकेतका रुपमा मैले यो अस्थिपञ्जर बोक्न थालेँ’ अस्मिना भन्छिन्।

यो मात्रै होइन भूकम्पका बेला सरकारको तदारुकता पटक्कै नदेखाउँदा पनि सरकार छैन, राज्य मर्‍यो भनेर साकेंतिक रुपमा विरोध गरेको उनले बताइन्।

a4

उनी जहाँ जाँदा पनि यसलाई बोकेरै हिँड्छिन्। यो बीचमा उनी पाकिस्तान जाँदा समेत उनले यो बोकेरै गइन्।
अहिले पनि दिनको १ घण्टा यो अस्थिपञ्जर बोक्ने गरेको उनले बताइन्। भन्छिन् ‘बाहिर गएका बेला त छ सात घण्टा भै नै हाल्छ।’
विरोध गर्ने यस्तो शैलीको अवधारणा कसरी आयो भन्ने महिला खबरको जिज्ञाशामा उनले भनिन्  ‘भूकम्पपछि नै राज्यले निभाउनु पर्ने दायित्व ननिभाएपछि यो अवस्थाको कसरी बिरोध गरुँ भन्ने भइरहेको थियो, यसैबीचमा संविधान पनि आयो, संविधानमा महिलाका लागि जे आयो यसले मलाई झनै आक्रोशित बनायो र यो शैली अपनाएँ।’

a5

नयाँ संविधानले महिला आन्दोलनको अपमान गरेको उनको ठहर छ । ‘संविधानले महिलालाई आधारभुत कुरा नै दिएन,अलिअलि दिएस्तो गरेर रणनीतिक रुपले राज्यले महिलालाई अलमल्याएको हो’ उनी भन्छिन्। महिलाले मेरो पनि देश हो भनेर भन्न सक्ने कुरा संविधानमा नआएको उनको भनाइ छ।

राज्यले कही आफ्नो उपस्थिति नदेखाउने बेलासम्म यो अस्थिपञ्जर बोकेरै हिँड्ने उनको योजना छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: