दाेस्राे विश्व महिला सम्मेलन काठमाडौंमा हुने


प्रकाशित मिति :2016-03-11 16:30:13

महिला खबर

काठमाडौं ।  फागुन ३० गतेदेखि चैत ५ गतेसम्म काठमाडौँमा दोस्रो विश्व महिला सम्मेलन हुने भएको छ । दोस्रो विश्व महिला सम्मेलन मूल आयोजक समितिले अाज काठमाडाैंमा पत्रकार सम्मेलन गरी विश्वका महिला र विश्वको महिला आन्दोलनका बारेमा  छलफल गर्न सम्मेलनकाे अायाेजना गर्न लागिएको जानकारी दियाे। ‘विश्वका महिला सर्वोच्च शिखर चुम्दैछन्’ भन्ने मूल नारासहित हुने उक्त सम्मेलनमा नेपाल, भारत, भेनेज्युएलालगायत विश्वका ४७ देशका ७०० प्रतिनिधिको सहभागिता रहने सम्मेलन प्रचार विभाग प्रमुख मीना पुनले जानकारी दिनुभयो ।

सम्मेलनमा साम्राज्यवाद, पुँजीवाद, र महिलामाथिको उत्पिडन, महिला आन्दोलन र महिलावाद, युद्ध प्रभाव र महिला मुक्ति, स्वाधिनताको लडाईमा महिलाको भूमिका, श्रमिक वर्गीय आन्दोलन, युनियनको सङ्घर्षमा श्रमिक महिलाको भूमिका, युवा महिला र राजनीतिमा युवा महिलाको सहभागितालगायतका नौ वटा विषयमा छलफल हुने जानकारी अयोजकहरूले दिएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने सो सम्मेलनको उद्घाटन सभामुख ओनसरी घर्तीले गर्ने कार्यक्रम रहेको छ । सम्मेलनभर हरेक साँझ विभिन्न देशले छुट्टाछुट्टै सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने आयोजकले जनाएको छ । सम्मेलनले काठमाडौँ घोषणापत्र जारी गर्नेछ ।

सम्मेलनमा नेपालबाट सात कम्युनिष्ट राजनीतिक दलका ३५० र विदेशी ३५० जनाको उपस्थिति रहनेछ । हरेक पाँच वर्षमा हुने सम्मेलनमा पहिलो विश्व महिला सम्मेलन सन् २०११ मा भेनेज्युएलामा भएको थियो ।

सम्मेलनमा नेपालबाट नेकपा (एमाले) निकट अखिल नेपाल महिला सङ्घ, राष्ट्रिय जनमोर्चा नेपाल निकट अखिल नेपाल महिला सङ्घ, एमाओवादी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी, नेकपा क्रान्तिकारी माओवादी निकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी), नेकपा (माले) निकट अखिल नेपाल प्रगतिशील महिला सङ्घ, नेकपा संयुक्त निकट अखिल नेपाल महिला सङ्घ फेडेरेसनको सहभागिता रहनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: