श्रेष्ठ र राणा सम्मानित


प्रकाशित मिति :2016-03-12 11:17:31

महिला खबर
काठमाडौं । समाजसेवी तुला राणा र अम्बिका श्रेष्ठ सम्मानित हुनुभएको छ ।
महिला सुरक्षा दवाव समूहले तुला राणा र व्यवसायी अम्बिका श्रेष्ठलाइ सामाजिक,राजनैतिक र महिलाको हितको लागि योगदान पुर्याएको भन्दै १०६ औ अन्तर्राष्ट्रिय महिला दिवसकोअवसरमा सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरेको हो ।
श्रेष्ठ र राणाले बिगत पाँच दशक भन्दा अगाडि देखि सामाजिक सेवाको क्षेत्रमा विशेषगरी उद्योग तथा व्यावसायिक क्षेत्रमा नेपाली महिलाको जिवनस्तर उठाउन निस्वार्थ भावनाले काम गरेको भन्दै सम्मान गरिएको हो ।
महिलाको समुहबाट पहिलो पटक सम्मानित भएको र यो सम्मानले अझै यस्ता काम गर्न प्रेरणा मिल्ने श्रेष्ठले बताउनुभयो । अर्का सम्मानित व्यक्तित्व तुला राणाले भन्नुभयो “अवसर पाए महिलाले गर्न नसक्ने काम केहीपनि छैन । हामी महिला सक्षम छौं, अगाडि बढेर देखाउन सक्छौं, दया होईन अवसर र शिक्षाको आवश्यक छ ” ।

कार्यक्रमका उपप्रधान तथा महिला बालबालिका तथा समाजकल्याणमन्त्रि सीपी मैनालीले अहिलेको संविधान समाबेशी र अवसरको संविधान भएकाले महिलाका लागि धेरै अवसर भएको बताउनुभयो । साथै देशको उच्च र निर्णायक तहमा महिला भएकाले पनि अब महिलाले सबै क्षेत्र र तहमा समान सहभागिता पाउनेमा उहाँले जोड दिनुभयो । साथै मैनालीले महिलाको हित र अधिकारको लागि आफ्नो तर्फबाट हुने जस्तो सहयोग पनि गर्न सधै तयार रहने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा महिला सुरक्षा दवाव समुहकी अध्यक्ष सावित्री थापाले श्रेष्ठ र राणा जस्ता समाजसेवी महिलालाई सम्मान गर्न पाउँदा निकै गर्व लागेको र आगामी दिनमा यस्तै अन्य महिलालाई पनि सम्मान गर्दै जाने बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: