महिला खबर
काठमाडौं । नेपाली काँग्रेसको महिला आरक्षण तर्फ पुरानै नेता आएका छन् । ६ जना महिला आरक्षणका लागि भएको निर्वाचन परिणाम अनुसार डा डिला संग्रौला, पुष्पा भुसाल, कमला पन्त, सरिता प्रसाई, अम्बिका बस्नेत र ईश्वरी न्यौपाने विजयी भएका छन् । ६ जनाको आरक्षणका लागि ३८ जना उम्मेदवार थिए ।
आरक्षणबाटै उठेका प्रतिमा गौतम, लक्ष्मी खतिवडालगायत युवा महिला नेता केन्द्रीय समितिमा आउन सकेनन् । यसैगरि प्रधानमन्त्री शुशील कोइराला हुँदा सल्लाहकार रहेकी मृदुला कोइराला कांग्रेस महिला विभाग संयोजक मीना पाण्डे, महिला संघकी पुर्व अध्यक्ष उमा रेग्मी पनि पराजित भएका छन् ।
दलित तर्फको आरक्षणको महिला कोटाबाट लक्ष्मी परियार र सुजाता परियार विजयी भएका छन् । जनजाति कोटामा विसिता गुरुङ र रत्ना शेरचन विजयी भएका छन् भने मधेशीको आरक्षण तर्फ किरण यादव र पार्वता डिसी चौधरी विजयी भएका छन् । खुल्लाबाट प्रतिस्पर्धा गरिरहेका नेता सुजाता काेइराला र डिना उपाध्यायकाे परिणाम अाउन बाँकी छ । तर उनीहरू दुबैकाे स्थिति बलियाे छैन ।
नेपाली काँग्रेसको विधान अनुसार महिला आरक्षणमा छ जना र मधेशी, दलित र जनजातिका लागि केन्द्रीय सदस्यमा छुट्टयाइएको ५ वटा सिट मध्ये २ २ जना महिला हुनुपर्ने व्यवस्था छ । यसैगरि सभापतिबाट मनोनित हुनेमध्ये एकजना महिला हुनुपर्ने व्यवस्था छ । यो सबै गरि काँग्रेसको ८५ सदस्यीय केन्द्रीय कार्य समितिमा १३ जना महिला हुनेछन् ।
Comment Here!