कालिकोटमा किशोरी सम्मेलन


नौ बुदेँ प्रतिबद्धता

प्रकाशित मिति :2016-03-13 13:08:01

रमेश रावल
mahila bikasकालिकोट । बालविवाह अन्त्य गर्ने प्रतिवद्धतासहित कालिकोटमा जिल्लास्तरीय बालिका सम्मेलन सकिएको छ। कालिकोटका सम्पुर्ण राजनीतिक दल, सरकारी अधिकारी, संघसंस्था, नागरिक समाज, पत्रकार, बालवालिका सबै सरोकारवालाहरू मौजुदा कानुन कार्यान्वयन र पालनाका लागि सधैँभरि तयार रहेने बाचा गर्दै नौ बुदेँ प्रतिबद्धता जनाएका हुन्।

‘सक्षम बालिका समृद्ध नेपाल’ भन्ने मुल नाराका साथ कालिकोटमा पहिलो पटक भएको बालिका सम्मेलनमा बालविवाह सम्वन्धी मुद्दा तथा सवालमा सबै पक्ष सम्वेदनशील भएर यसलाई रोक्ने अभियानमा लाग्ने बचन सबैले दिएका हुन्।

सम्मेलनमा सहभागी बालबालिकाले बालबिवाह अन्त्यका लागि जिल्लाका सरोकारवालाहरूले प्रतिबद्धता गरे अनुसार काम नगरेको गुनासो गरेका थिए।

सम्मेलनमा बोल्दै किशोर प्रतिप तिरुवाले गाउँमा दलित र दलित बालबालिका माथि हुने विभेदको अन्त्यका लागि जिल्लामा रहेका सरोकारवालाको भूमिका निराशाजनक भएको बताए।

सम्मेलनमा उपस्थित अधिकांस किशोरकिशोरीले बालविवाह गर्नेविरुद्ध ठोस कानुन नभएका कारण कार्वाही हुन नसकेको भन्दै कडा कानुन ल्याउन माग गरेका थिए।

सम्मेलनमा सहभागी ज्वालाकुमारी बिकले बालबिवाह र बहुबिवाह गर्नेलाई कडा कार्वाही हुने नीति र कानुनको आवश्यकता रहेको आैंल्याइन्। उनले बालविवाह र बहुबिवाह शिक्षित बर्गबाटै हुने गरेको बताइन्।

ग्रामिण क्षेत्रका महिला आत्मानिर्भर नभएका कारण पनि बालविवाह र बहुबिवाह हुने गरेको जिल्ला महिला बिकास अधिकृत सिता थापामगरले बताइन्। ‘महिलालाई आत्मनिर्भर बनाउन गाउँ गाउँमा महिला सहकारी संस्थाको स्थापना गरिएको र सहकारी मार्फत राज्यले बिभिन्न जनचेतना मूलक कार्यक्रम संचालन गरेको छ’ उनले भनिन्।

धर्म र संस्कारका कारण दुर्गमका गाउँमा बालबिवाह हुने गरेको, रोक्न बलियो कानुन चाहिने सहभागी किशोरकिशोरी र वालवालिकाले बताएका थिए।

बालविवाह गर्न लगाउने र गराउने दुवै थरी र फकाउने लमीलाई पनि कानुनमा सजायको व्यवस्था भएपनि कार्वाहीका लागि आफूहरूलाई राजनीतिक दबाव आउने गरेको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख उत्तम थापाले बताए।

‘प्रहरी र आफूहरूले राजनीतिक दलहरूको ठुलो दवाव र चुनौतीको सामना गर्दै बालबिवाह र बहुबिवाहका मुद्दा हेर्नु परेको छ, अदालतमा पुग्ने यस्ता मुद्दा पीडितलाई बिभिन्न मानसिक यातना दिएर झिक्न समेत लगाइन्छ’ उनले भने।
जिल्लामा राजनीतिक दलको दवाबका कारण कानुनी निकाय पनि प्रभावित हुने गरेको र उनीहरूले अपराध गर्नेलाई कानुन बमोजिम कार्वाही हुन नदिने भन्ने कुरा सम्मेलनमा उठेपछि नेपाली काँग्रेसका नेता पदमबहादुर शाहीले कानुन कार्यान्वयन गराउने निकाय नै फितलो हुने गरेको आरोप लगाए।

बालिका सम्मेलन हुने

आउँदो चैत १० गते नेपालमा दोस्रो बालिका सम्मेलन तयारीका लागि बाल विवाह उच्च रहेका १५ वटा जिल्लामा जिल्लास्तरीय सम्मेलनको आयोजना गरिएको हो।

बाल विवाह उच्च रहेका मोरङ, सप्तरी, उदयपुर, मकवानपुर, रौतहट, कपिलवस्तु, रूपन्देही, नवलपरासी, कालीकोट, बाँके, दैलेख, सुर्खेत, बझाङ, बैतडी तथा डोटी जिल्लामा किशोर किशोरी र बालविवाह भएका युवाले भोग्नुपरेका चुनौती र समस्याबारे बालबालिका तथाकिशोर किशोरीहरूसँग जिल्लास्तरमा परामर्श गरिरहेको महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: