यौन हिंसा गर्ने शान्तिसेनालाई फिर्ता पठाउने सुरक्षा परिषदको प्रस्ताव अनुमोदन
महिला खबर
एजेन्सी। संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले युद्धग्रस्त क्षेत्रमा कार्यरत शान्तिसेनाद्वारा हुनसक्ने यौनजन्य हिंसा रोक्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा राखेकाे विशेष प्रस्ताव अनुमोदन भएकाे छ । सुरक्षा परिषदका सदस्यले वान कि मुनद्वारा प्रस्तावित उक्त कदमलाई समर्थन जनाएका छन्।
सुरक्षा परिषदका १४ जना सदस्यले उक्त प्रस्तावको पक्षमा मतदान गरेका थिए । तर, इजिप्टले भने उक्त प्रस्तावको अस्विकार गरेको छ। प्रस्तावमा शान्तिसेनाविरुद्ध यौन हिसांको कुनै प्रमाण फेला परेमा सैनिक वा संयुक्त टोली नै फिर्ता पठाउन सकिने भनिएको छ।
२०१५ मा मात्रै यूएनका ९९ मध्ये ६९ वटा शान्तिमिसनमा संलग्न व्यक्तिलाई यौन हिंसाको आरोप लागेको थियो । प्रस्तावमा आरोपित देशहरूको सूचि पनि उल्लेख गरिएको थियो।
यदि सम्बन्धित देशले अपराध सम्बन्धि भइरहेको अनुसन्धानबारे महासचिवलाई जानकारी नगराए यौन हिंसामा आरोपित व्यक्तिसँग सम्बन्धित देशको सैन्य टोली नै फिर्ता पठाउन अमेरिकाले महासचिव वानलाई अनुरोध गरेको छ।
परिषदले सैनिक परिचालनपूर्व पनि यौन हिसांविरुद्ध तालिम दिइनुपर्ने कुराको पनि स्वागत गरेको छ।
तस्बिरः युएन न्युज सेण्टरबाट
Comment Here!