दोश्रो विश्व महिला सम्मेलन काठमाडौंमा सुरु


दमन र शोषणविनाको संसार सम्भव छ

प्रकाशित मिति :2016-03-13 21:06:00

आस्था केसी

wc
काठमाडौं— दमन र शोषण बिनाको संसार सम्भव छ भन्दै विश्वभरीका महिला काठमाडौंमा भेला भएका छन् । अमेरिका, अफ्रिका र एशिया महादेशका बिभिन्न ४६ भन्दा बढी देशका महिला लैंगिक कारणले हुने गरेका सबैखाले उत्पीडन र विभेदबिरुद्ध सामूहिक रुपमा लाग्ने तयारी स्वरुप काठमाडौंंमा भेला भएका हुन् ।
‘विश्वका महिला सर्बोच्च शिखर चढ्दैछन’् भन्ने मूल नारासहित आयोजना गरिएको दोश्रो विश्व महिला सम्मेलनमा सहभागीले आफूहरू कुनै उत्सव मनाउन नेपालमा जम्मा नभई विश्वभरका महिला कस्तो अवस्थामा बा“चिरहेका छन् भन्ने समिक्षा गर्न र महिला समानताको एउटै नारालाई विश्वव्यापी बनाउन भेला भएको बताए ।

महिलाको समस्या कुनै एउटा देशको मात्र समस्या नभई विश्वकै समस्या रहेको र संसारका महिलाहरू आफ्नो अस्तित्वको लडा“इमा लागिरहेको बताउँदै संविधानसभाका सभामुख ओनसरी घर्तीले संसारभरीका महिला अब आफ्नो अधिकार लिन तम्तयार भएको सन्देश दिन सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

नेपालको संविधानको प्रस्तावनामै लैंगिक समानताको विषय आउनु राम्रो कुरा रहेको र यसको बारेमा विश्वभरिकै महिलाले थाहा पाउनुपर्ने बताउ“दैं घर्तीले पूर्ण समानताको लागि अझै धेरै कुरा परिवर्तन गर्न बा“की रहेकोे बताउनुभयो । उहाँले भन्नुभयो — ‘अब छोरी भएर जन्मिएकै कारणले कुनै पनि महिलाले विभेद भोग्नु नपरोस, छोरीलाई छोरा सरह अगाडि बढ्न र सबै अधिकारहरू प्राप्त गर्न सबै हिसाबले वातावरण बनाईनेछ ।’

कार्यक्रममा बोल्दै अमेरिकी अधिकारकर्मी विल्मा शिल्वा जेमीले महिला स्वतन्त्रताको नाममा पूँजीवादी र साम्राज्यवादीहरूले छाडा यौनवादको पक्षपोषण गरेको आरोप लगाउदै एशिया, अमेरिका र अफ्रिकालगायतका सबै महादेशमा महिला चरम श्रम शोषण, असमानता र विभेद सहेर निकै पीडादायी अवस्थामा बाँच्न विवश भएको बताउनुभयो । सम्मेलनमा उहाँले सम्बोधन गर्दा सहभागी बिभिन्न देशका प्रतिनिधीले ताली बजाएर उहाँको भनाइमा समर्थन जनाएका थिए ।
एशिया महादेशको प्रतिनिधित्व गर्दै आएकी बंगलादेशकी जोली तालुकदारले महिला पनि मानव भएको र मानवकै अस्तित्वमा जिउन पाउनु पर्ने जिकिर गर्नुभयो । अफ्रिकाकी मारियाम जाइवीले नेपालमा बिनाशकारी भूकम्प र भारतिय नाकाबन्दीबाट उत्पन्न अप्ठेरो परिस्थितीका वाबजुद नेपालले विश्व महिला सम्मेलन आयोजना गरेकोमा नेपालीलाई बधाई दिनुभएको थियो ।
महिलामाथि हुने शोषण, उत्पिडन र भेदभाव कुनै देश जाति वा सम्प्रदायसित मात्र सिमित नभई विश्व भरका महिलाको मुक्ति र स्वतन्त्रतास“ग सम्बन्धित विषय रहेको हुनाले विश्वका सबै जाति, क्षेत्र र सम्प्रदाय एवं बिचारमा बिभाजित महिला बीचमा ऐक्यबद्धता जरुरी रहेकोमा वक्ताहरूले जोड दिएका थिए ।

कार्यक्रमको बिच बिचमा महिलामुक्ति र स्वतन्त्रतास“ग सम्बन्धित रहेर विभिन्न देशका महिला कलाकारले गीत, नृत्य र झा“की प्रस्तुत गरेका थिए । आईतवारबाट शुरु भएको सम्मेलन चैत ५ सम्म चल्ने बताइएको छ । सम्मेलनमा लैंगिक बिषयमा आधारित रहेर विभिन्न नौ विषयमा कार्यशाला चलाईने आयोजकले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: