महिला खबर
कालिकोट । आईतबार बिहान चट्याङ्ग लागेर कालिकोटको भर्ता गाबिस छाप्रे गाउँमा एकै घरका ३ जना महिला घाइते भएका छन्। घाइते हुनेमा १२ वर्षीया हिराकुमारी सुनार, १० वर्षीया गोमता सुनार र ३० वर्षीया किटी सुनार रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
घरमा बसेको बेला चट्याङ्ग परेकोले उनीहरू घाइते हुनुको साथै भैँसी मरेको स्थानीय केशव राज तिमेल्सेनाले बताए। घाइते तिनै जनाको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ। तिनै जना घाइते खतरामुक्त रहेका छन्।
Comment Here!