महिला खबर
मोरङ । इलाका प्रहरी कार्यालय रानीले सात जना नेपाली महिलालाई जोगवनी रेलवे स्टेसनबाट उद्धार गरेको छ । भारतको नयाँ दिल्ली हुँदै खाडीमुलुक लैजान लागिएका सात जना महिलालाई उद्धार गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक गङ्गा पौडेलले जानकारी दिनुभयो।
प्रहरी निरीक्षक पौडेलका अनुसार उद्धार हुनेमा चितवन, सङ्खुवासभा, उदयपुर र सुनसरी घर भएका महिला छन् ।
दिल्लीको बाटो हुँदै खाडीमुलुकतर्फ महिलालाई लगिँदै गरेको विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले रेल चढ्न लाग्दा गएराति १२ बजे उद्धार गरेर ल्याएको हो । उद्धार गरिएका महिला २१ देखि ३७ वर्ष उमेर समूहका छन् ।
Comment Here!