लैगिंक उत्तरदायी मिडिया अवार्ड दुईजना पत्रकारलाई


प्रकाशित मिति :2016-03-14 15:56:43

गोमा परियार

pic ललितपुर । महिलाको बिषयमा उत्कृष्ट समाचार लेखेवापत दुईजना पत्रकार पुरस्कृत भएका छन् । मिडिया एड्भोकेसी ग्रुप (म्याग) र युएन वीमेनद्वारा प्रदान गरिने ‘लैगिंक उत्तरदायी मिडिया अवार्ड’ काठमाडांैका पत्रकार सइन्द्र राई र फोटो तर्फ कपिलवस्तुका पत्रकार मनोज पौडेललाई प्रमाणपत्र सहित नगद २५ हजार रुपैयाँ प्रदान गरिएको हो ।

गत पुसमा हिमालखबर पत्रिकामा ‘गरिखानेलाई झनै सास्ती ’ शिर्षकको स्थलगत रिर्पोटका लागि पत्रकार राईलाई पुरस्कृत गरिएको हो ।  यसैगरि असोज ४ गते कान्तिपुर दैनिकमा प्रकाशित पौडेलको फोटोलाई यो बर्षको ‘लैगिंक उत्तरदायी मिडिया अवार्ड’ प्रदान गरिएको हो ।
कार्यक्रममा बोल्दै सूचना तथा संचारमन्त्री शेरधन राईले अहिलेको संविधान महिलामैत्री भएकोले नै  देशको सर्वोच्च पदमा महिला र

व्यवस्थापिका संसदमा महिला सभामुख भउको बताउनुभयो । उहाँले संचार क्षेत्रमा महिलाको सहभागिता एकदमै कम भएको भन्दै बढाउनुपर्ने आवश्यक रहेको बताउनुभयो । राईले भन्नुभयो ‘संचार क्षेत्रमा महिलालाई सहज र व्यवसायिक ढंगले काम गर्ने खालको वातावरणको निर्माण गर्न तर्फ लागिरहेका छौं, जस्ले गर्दा महिला सहभागिता बढ्नेमा विश्वस्त पनि छौ ’ । महिलाले अब आफूलाई दोस्रो दर्जाको ,हेपएिका भनेर आन्दोलन,संघर्ष गर्नुपर्ने र हिनताबोध महशुस गर्नुपर्ने समयको अन्त्य भएको राईको दावी थियो  ।

साथै सोही कार्यक्रममा बोल्दै पे्रस काउन्सिल नेपालका अध्यक्ष वोर्ण बहादुर कार्कीले महिलाको बिषयमा समाचार लेखेर पुरुषले अर्वाड पाउनु भनेको महिलाका बिषयमा पुरुष संवेदनशील भएर समाचार लेख्छन् भन्ने कुरा स्पष्ट भएको बताउनुभयो । यस्ले अझै पुरुष पत्रकारलाई अब महिलाको बिषयमा संवेदनशील बनेर समाचार लेख्न उत्साहित पनि गर्ने उहाँको भनाई थियो । जुनसुकै क्षेत्रमा क्रियाशील महिलालाई निरुत्साहित नभई प्रोत्साहित गर्ने काम संचारक्षेत्रले गनुपर्ने आवश्यक रहेको उहाँको भनाइ थियो  । कार्कीले भन्नुभयोे ‘ संचारक्षेत्रमा महिलाको भूमिका प्रभावकारी र जिम्मेवारीपुर्ण छैन अब त्यही नीति बनाउन प्रेस काउन्सिल लागि पर्ने छ ।’

यसैगरी नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र बिष्टले संचारक्षेत्रमा अहिले महिलाको १७ प्रतिशत सहभागिता रहेको र अबको दुई वर्षमा ३३ प्रतिशत बनाउने तयारीमा जुटेको बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: