महिला खबर
कैलाली। समाजमा हुनेे हिंसा तथा आफैँले भोगिरहेेका हिंसाका बारेमा आवाज उठाउने उद्देश्यका साथ डेढ सय किशोरकिशोरीलाई आत्मविश्वास कसरी बढाउने भन्ने विषयमा तालिम दिइएको छ।दलित महिला अधिकार मञ्च कैलालीले अत्तरिया नगरपालिका, फुलवारी, पहलमानपुर, मसुरिया, चौमला र गोदावरीका किशोरकिशोरीलाई सो तालिम दिएको हो।
धेरै किशोरकिशोरी आफैँ हिंसामा परिरहेका हुन्छन्, तर भन्न सक्दैनन्। साथै उनीहरूलाई समाजमा हुने हिंसाविरुद्ध कसरी आवाज उठाउने भन्ने बारेमा थाहा हुँदैन वा आत्मविश्वासको कमी हुने भएकाले सो तालिमवाट उनीहरूलाई हिंसाविरुद्ध कानुनी कुरा, चुनौतीसँग लड्ने सक्ने क्षमता, हिंसाका प्रकारका बारेमा जानकारी गराएको दलित महिला अधिकार मञ्च कैलालीकी कार्यकारी निर्देशक सावित्रा घिमिरेले बताउनुभयो। सो तालिम १० जोड दुई पढ्ने किशोर किशोरीलाई दिईएको हो।
Comment Here!