राणा पुरस्कृत


प्रकाशित मिति :2016-03-15 14:10:59

महिला खबर

Bandana rana

न्युयाेर्कमा अायाेजित CSW एन जी अाे फाेरममा सम्बाेधन गर्दै  बन्दना राणा

काठमाडौं । संयुक्त राष्ट्रसंघकाे CSW एन जी अाे फाेरमले अधिकारकर्मी बन्दना राणा वीमेन अफ द इयर डिस्टङ्सन अवार्डबाट पुरस्कृत गरेको छ । अमेरिकाके न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघ महिला अधिकार सम्बन्धि समिति Commission on Status of Women (CSW) ६० औं बैठकमा उहाँलाई पुरस्कृत गरिएको हो।

नेपालको महिला आन्दोलनमा उल्लेखनीय योगदान पुर्याएको,२५ वर्षदेखि महिला अधिकार प्रवर्द्धन र समान लैंगिक अधिकारका लागि विभिन्न संस्था र सञ्जाल स्थापना गरि सेवा गरेको, द्वन्द्व प्रभावित, हिंसापीडित र सिमान्तकृत समुदायका महिलाको अधिकारका लागि राणाले स्थानीय तहदेखि विश्वव्यापी रुपमा आवाज उठाएको भन्दै यो समितिले राणालाई सम्मान गरेको हो ।

राणा संयुक्त राष्ट्रसंघको प्रस्ताव नम्बर १३२५ कार्यान्वयन सम्बन्धी सल्लाहकार समिति र राष्ट्रसंघ कै एशिया प्याशिफिक सामाजिक आर्थिक सम्बन्धी आयोगका सदस्य हुनुहुन्छ । विकासोन्मुख देशमा महिला अधिकार र शसक्तिकरणका लागि नेतृत्व गरेका महिलालाई बार्षिक रुपमा यो पुरस्कार दिईंदै आएको छ ।

यसैबीच  महिलामाथि हुने भेदभावविरुद्ध सयुक्त राष्ट्रसंघीय समिति सेडाको सदस्यमा नेपालका तर्फबाट अधिकारकर्मी बन्दना राणालाई नेपाल सरकारले उम्मेदवार बनाएकाे छ।  सन् २०१७ देखि सेडाको ३ वर्षे कार्यकालका लागि आउँदो जुन महिनामा अमेरिकाको न्युयोर्कमा पदाधिकारीको निर्वाचन हुँदैछ। महिलामाथि हुने सवै प्रकारका हिंसा अन्त्य सम्बन्धि महासन्धि सिडका पक्ष राष्ट्रले २३ सदस्यीय समितिका सदस्य छनौट गर्ने प्रावधान रहेको छ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: