महिला खबर
पोखरा । संविधानमा उल्लेखित अधिकारका बारेमा महिला जानकार हुनुपर्ने पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।
शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला संजाल संकल्पले आयोजना गरेको नेपालको संविधान २०७२ मा महिला विषयमा आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रका क्रियाशील महिलाले सो कुरा बताएका हुन् ।
महिला मानव अधिकार रक्षक संजाल कास्कीका अध्यक्ष सरिता थापाले महिला अधिकारको विश्वव्यापी संघर्ष र नेपालको संविधानमा गरिएको व्यवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । थापाले नेपालको संविधानमा भएका महिलाका हक अधिकारका बारेमा महिला सचेत भएर आफ्नो अधिकारको उपभोग गर्नुपर्ने र हिंसाविरुद्ध उत्रनु पर्ने बताउनुभयो ।
कार्यक्रममा सहजीकरण गर्दै अधिवक्ता जुना कुमारी गुरुङले कानुनी अधिकारबारे अनभिज्ञ हुँदा महिला हिंसा सहेर बस्न बाध्य भएको बताउनुभयो । मानव अधिकारकालागि महिला एकल महिला समूहका क्षेत्रीय संयोजक दुर्गा न्यौपाने, कास्कीका अध्यक्ष प्रमिला तझ्या, सामी परियोजना संयोजक माया गुरुङ, डब्लु डब्लु जे कास्कीका अध्यक्ष सरीता तिमिल्सिना पंगेनीलगायतले संविधानका धारामा उल्लेखित महिला अधिकारलाई प्रभावकारी कार्यान्वयनका लागि महिलाले आफ्नो अधिकारको बारेमा चासो राखेर अगाडि बढ्नु पर्ने बताए ।
Comment Here!