पार्वती पाण्डे
कपिलवस्तु । जुनी जुनी सँगै वाँच्ने वाचा गरेर विवाह बन्धनमा वाँधिएका महिलाले आफ्नै श्रीमानवाट धोका पाउन थालेपछि व्यक्तिगत घटना दर्ता गराउन अग्रसर भएका छन् ।व्यक्तिगत घटना दर्ता गराउन श्रीमान भन्दा श्रीमती वढी सचेत हुने गरेको स्थानीय निकायको व्यक्तिगत घटना सूचकको विवरणवाट खुलेको हो । श्रीमतीको विवाह दर्ता नगरिदिने र नागरिकता नवनाईदिने गर्दा महिला सम्पत्तिको अधिकारवाट समेत वन्चित हुनु परेको अवस्थामा विवाह दर्तामा महिलाको अगुवाई वाध्यता जस्तै बन्न थालेको हो । यस्ता घटनावाट सचेत वन्दै उनीहरू आफ्नो हक अधिकार लिन आफैँ अग्रसर हुन थालेका हुन् । पटनाकी मनु शर्मा यस्तै घटनाका समाचारमा सुनेपछि श्रीमानलाई लिएर विवाह दर्ता गराउन एक हप्ता भित्रै वाणगंगा नगरपालिकामा पुग्नु भयो । उहाँ भन्नुहुन्छ —‘आफ्नो काम पाको गरे पछि पछुतो हुँदैन , अहिले हामी दुवैको सम्बन्ध राम्रो छ । पछि के हुन्छ भन्न सकिँदैन, कानुनी प्रमाण महिलाले सवै जुटाएर राख्नु पर्छ , ताकि पछि केहि अप्ठ्याराहरू नआउन ।’
त्यस्तै विवाह भएको ५ वर्षपछि वनगाई की रिता शर्माले पनि विवाह दर्ता गराउनु भयो । उहाँले भन्नुभयो —‘महिलाले विवाह दर्ता र नागरिकता तत्काल वनाउनु पर्दाेरहेछ । श्रीमानसँगको सम्बन्ध र सम्पत्तिको अधिकारका लागि पनि महिलाले विवाह भए लगत्तै विवाह दर्ता र नागरिकता वनाउनु जरुरी छ ।’ वाणगंगा नगरपालिकामा विवाह दर्ताका लागि श्रीमानश्रीमती दुवै जना आउने गरेका छन् । त्यसमा पनि श्रीमतीकै अगुवाई हुने गरेको नगरपालिकका कर्मचारी वताउँछन् ।
बाणगंगामा गत आर्थिक वर्षमा विवाह दर्ता गर्नेको संख्या ६ सय १३ थियो । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा विवाह दर्ता गर्नेको संख्या ६ सय १ पुगेको छ । कार्यालयका पंजिकरण शाखा प्रमुख दुर्गा शर्माका अनुसार विवाह दर्ता गर्न आउनेको संख्या वढिरहेको छ । विवाह दर्ताका लागि नागरिकता अनिवार्य चाहिने भएकाले नागरिकताको सिफारिस लिन आउनेको चाप पनि बढेको उहाँले वताउनुभयो ।
कार्यालयमा महिला विवाह दर्ता गर्नका लागि सोधपुछ गर्न आउने र पछि श्रीमानलाई सँगै लिएर आउने गरेको उहाँको भनाइ छ । नगरक्षेत्रमा आफ्नो अधिकारका लागि महिला सचेत वन्दै गएको कार्यालयका कार्यकारी अधिकृत भेषराज खनालले वताउनु भयो । ‘जसरी जिल्लामा अग्र पंक्तिमा नगरपालिका गनिएको छ , सोहि अनुरुपको वनाउनका लागि सवै महिलाहरुलाई सवै प्रकारको शसक्तिकरण गर्न कार्यालय लागि पर्ने छ’ उहाँले भन्नुभयो । पछिल्ला दिनमा व्यक्तिगत घटना दर्ता गराउन महिला सचेत वन्दै गएको नागरिक समाजका अध्यक्ष दोलख वहादुर पछाई वताउनहुन्छ ।
Comment Here!