सहकारीमा बचत गर्ने महिला बढी


प्रकाशित मिति :2016-03-15 15:53:15

रमेश रावल
कालिकोट । जिल्लामा संचालित सहकारीले ग्रामीण क्षेत्रमा आफ्ना शाखा बिस्तार गरेपछि महिलाको बचत गर्ने बानीको विकास भएको छ । गाउँमा ऋण तथा बचत सहकारी र कृिष समूह गठन भएपछि कालीकोटका  ग्रामिण इलाकाका महिलाको बचत गर्ने बानीको विकास भएको हो ।
IMG_0546
पुँजीगततर्फ ४ करोड २० लाख रुपैयाँ लगानी गरिहेरहेको रातो गुराँस बचत तथा ऋण सहकारी संस्थाले जिल्लाको नाग्मगाड, हुल्म र सदरमुकाम मान्ममा आफ्नो सहकारीमा पुरुषभन्दा महिला बचतकर्ता बढी रहेको जनाएको छ ।

जिल्लामा रहेका एक दर्जनभन्दा बढी कृषि सहकारी र ऋण तथा बचत सहकारीमा बचत गर्नेहरू पुरुषभन्दा महिला बढी रहेका रातोगुराँस बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक पिटर कार्की बताउनुहुन्छ । कार्कीका अनुसार रातोगुराँस बचत तथा ऋण सहकारी संस्थामा नियमित बचत गर्ने १ हजार ८ सय जना मध्ये १ हजार ५५ जना महिला रहेको छन् ।

महिलालाई सानो व्यापार व्यवसायमा संग्लन गराउने सोचका साथ स्थापना भएको निर्धन उत्थान विकास बैंक कालिकोट शाखाबाट १ हजार ४ सय ९१ जना महिलाले वचत गर्ने गरेको र शाखाबाट ८ सय ३५ जना महिलाले सानो कर्जाको ऋण लिएको शाखाका प्रबन्धक संजय चौधरीले बताउनुभयो । ‘महिलाले साना व्यापार व्यवसायका लागि ऋण लिएका छन्, महिलामा बचत गर्ने बानीको विकास भएको छ’ उहाँले भन्नुभयो ।

त्यस्तै, हिमचुली कृषि सहकारी संस्थाको ग्रामिण क्षेत्र रास्कोट शाखा स्थापना भएको दुई वर्षमा १ हजार ५०० सय जना महिला समूहमा बसेर लघुवित्त कार्यक्रम मार्फत बचत गर्ने गरेको रास्कोट शाखाले जनाएको छ ।  महिलाले सानो कर्जाका माध्यमबाट व्यवसाय गर्ने क्रम बढेको र सानो बचत, सानो कर्जा र सानो व्यावसाय गरेर बढी बचतमा ध्यान दिन थालेको छन् ।

बचत तथा ऋण सहकारीमा पैसा जम्मा गर्नु र ऋण लिनुमा साना व्यापार व्यवसाय गर्ने र त्यसबाट आम्दानी लिने गरेका कारण बचत गर्नेमा पुरुषभन्दा महिला बढी हुने ग्लोबल आइएमई बैंक शाखा कार्यालय कालिकोटका प्रबन्धक मन्दीप बराल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘सानो लगानीबाट घर व्यवहार चलाउनुपर्ने यहाँका महिलाको बाध्यता छ, त्यो कारणले पनि पुरुषभन्दा महिलाले बढी बचत गर्ने गरेका छन् ।’

जिल्लामा नवदुर्गा बचत तथा ऋण सहकारी संस्था, सुर्यमुखि ऋण तथा सहकारी संस्था, कालिका कृषि सहकारी संस्था र मालिका संचार सहकारी संस्था लगायतका सहकारी संस्थामा महिलाले बढी बचत गर्ने गरेको जनाएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: