हाम्रो निर्णय सवैले मान्छन् : दलित महिला


प्रकाशित मिति :2016-03-16 11:50:25

महिला खबर

1कैलाली । निर्णायक  तहमा महिला भएपनि  पुरुष हुँदाहुँदै महिलाले गरेको  निर्णय किन मान्ने वा उनीहरूलाई निर्णय गर्न किन दिने भन्ने गरेका पुरुषले अहिले महिलाको निर्णय मान्ने गरेको कैलालीका दलित महिला वताउँछन् ।

मसुरियाकी रामसर नेपाली भन्छिन्  ‘म अहिले वडा नागरिक मञ्चकी संयोजक छु,पहिला मलाई महिला संयोजक भएपनि निर्णय हामी पुरुषको नै मान्नुपर्छ भन्ने गरिन्थ्यो, तर अहिले मैले गरेको निर्णय सबैले मान्छन्,मलाई सहयोग पनि गर्छन् ।’

रामसर भन्छिन् ‘दलित महिला अगाढी बढ्दा धेरै चुनौती आउने गरेको छ, तर अहिले धेरै कुरा दलित महिलाले थाहा पाएर आवाज उठाउन सक्ने भएका छन् । हाम्रो कुरा सुन्ने गरेका छन् ।’

अत्तरिया नगरपालिका मालाखेतीकी सुमित्रा सोवले अहिले दलित महिला गाविस तथा वडास्तरमा  निर्णय तहमा छन्  र उनीहरूले लिएको  निर्णय  सबै मान्ने गरेको उनी वताउँछिन् । ‘कुनै समयमा महिलाले गरेको  निर्णय हामीले मान्नु हुँदैन, हामीले नै गर्नुपर्छ भन्नेहरू आज त्यही दलित महिलाले गरेका निर्णयमा सहमति जनाउँछन् ।’ महिला  धेरै कुराको जानकार नहुँदा पनि पछाडि परेकाले अब ति कुरामा चासो देखाउनुपर्ने उनको सुझाव छ ।  गोदावरीकी सावित्रा विकले वडा र गाविसस्तरमा दलित महिलाको सहभागिता भएपनि जिल्लास्तरमा नभएको वताईन् ।

दलित महिला सघंकी अध्यक्ष पुनम सिजापतिले अझैपनि आर्थिक र शिक्षामा पहुँच नहुँदा दलित महिला पछाडी परेको वताईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: