पार्वती पाण्डे
कपिलवस्तु । प्रमुख जिल्ला अधिकारी भएर भर्खरै कपिलवस्तु आएकी इन्दु घिमिरेलाई अधिकारकर्मीहरुले भव्य स्वागत गरेका छन् । महिला मानवअधिकार रक्षक जिल्ला सञ्जाल कपिलवस्तुको अगुवाईमा जिल्लाका अधिकारकर्मी महिलाले प्रमुख जिल्ला अधिकारी घिमिरेलाई स्वागत गरेका हुन ।
प्रजिअ घिमिरेले सवैको सहयोग, समन्वय र सहकार्यले नै आफूले जिल्लालाई राम्रो वनाउने वताउनु भयो । स्वागत कार्यक्रममा विमला घिमिरे , सुर्य कुमारी शाही, चमेली सिंह, सञ्जालका जिल्ला अध्यक्ष मिना परियार , पुर्व अध्यक्ष पुष्पा रेग्मी , सञ्चारिका समूहका पार्वती आचार्य , अधिकारकर्मीहरू माया ज्ञवाली , यमुना मरासिनी , पुर्णकला सुनार , इन्दीरा भटट्राईलगायतको उपस्थिति थियो । जिल्लाका ३ वटा सरकारी कार्यालयमा ३ जना महिला प्रमुख हुनाले लैंगिक समन्वयमा पहुँच हुने महिलाले अपेक्षा राखेका छन् ।
Comment Here!