बलात्कारपछि लुक्दै बसेकी बालिकाको मानसिक अवस्था नाजुक


प्रकाशित मिति :2016-03-16 12:59:07

रमला सिंगक
पाँचथर । तीन साता अघि बलात्कृत भएकी पाचथरकी १३ बर्षीया एक बालिकाको मानसिक सन्तुलन गुम्ने खतरा बढेको छ । उनलाई गत फागुन १० गते बेलुकी पाँचथर आङ्ना–७, को तामाहिवा भन्ने खोल्सीमा बलात्कार गरिएको थियो । बलात्कृत भएपछि मानसिक रुपमा विक्षिप्त बनेकी ती बालिकालाई आफ्नो घर समेत असुरक्षित लागेपछि अहिले अन्यत्रै सुरक्षित स्थानमा लुकाएर राखिएको पारिवारिक स्रोतले जनाएको छ ।

ती बालिकालाई पाँचथरकै मौवाका २२ वर्षीय रमेश दाहालले तामाहिवा भन्ने खोल्सीमा डर धम्की देखाएर बलात्कार गरेका थिए । तर, घटना भने फागुन २० गते मात्र सार्वजनिक भएको थियो । पीडित बालिकाले अरु बेला जस्तो सामान्य व्यवहार नदेखाएपछि शङ्का लागि परिवारले सोधपुछ गरेपछि घटना सार्वजनिक भएको थियो ।

घटना बाहिर आएपछि पीडितको परिवारले फागुन २१ गते जिल्ला प्रहरी कार्यालय पाँचथरमा किटानी जाहेरी दिएका थिए । घटना सार्वजनिक भएपनि पीडक पक्षले ज्यानमार्ने धम्कि दिंदै प्रहरीमा जाहेरी दिनबाट रोक्न खोजेका थिए ।

जाहेरी दिएको दुईदिनपछि पीडक दाहाललाई फागुन २३ गते पक्राउ गरी सोही दिन जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको पाँचथर प्रहरी नायब उपरिक्षक कृष्ण कोइरालाले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘जाहेरीपछि आरोपित दाहाललाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं ।’

 पीडित बालिकालाई फागुन २१ गते नै महिला तथा बालबालिका कार्यालयको सेवा केन्द्रमा ल्याएर राखिएपनि सेवा केन्द्रमा बस्न सक्ने अवस्था नभएपछि २४ गते परिवारले  अन्यत्रै राखेको छ ।

 सेवा केन्द्रमा राखिएकी बालिकासँग पीडक पक्ष अनावश्यक रुपमा भेट्न आइरहने, मानसिक तनाव दिने जस्ता कारणले बालिकालाई अन्यत्रै लगिएको स्रोतको भनाई छ । ती बालिकालाई सुरुमा घर लगिए पनि त्यहाँ समेत असुरक्षा बढेकाले अन्यत्रै लुकाएर राख्नु परेको पारिवारले बताएको छ ।

पाँचथरस्थित महिला तथा बालबालिका कार्यालयका बाल अधिकृत सरस्वती शिवाकोटीका अनुसार सेवा केन्द्रमा रहँदा पीडित बालिकामा अरुलाई आफ्नो अनुहार देखाउँन नचाहने, बोल्न नचाहने, एक्लै बस्न रुचाउँने, जहिले पनि तनावमा बस्ने, मानसिक विचलनको संकेत देखाउने र अँध्यारो मुख लगाएर बसिरहने जस्ता समस्या देखिएका थिए । पीडक थुनामा रहेपनि उनका आफन्तले बालिकालाई अनावश्यक तनाब दिन खोज्ने, मुद्दालाई पैसामा मिलाउँन दबाब दिने जस्ता कारणले बालिका मानसिक रुपमा अझ विक्षिप्त बन्न पुगेको शिवाकोटी बताउँनुहुन्छ । बालिका असुरक्षित भएर लुकाउँदै राख्नुपर्ने बाध्यताका कारण उनको उपचार असम्भव भएको परिवारले बताएको छ ।

हाल जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखिएका पीडक दाहालले भने ४० हजार रुपैयाँ र ४ आनाको सुनको औंठी दिएर सहमतिमा शारीरिक सम्पर्क गरेको बयान दिएको प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: