सरस्वती न्यौपाने
धुन्चे(रसुवा) । खाद्य सुरक्षामा टेवा पुर्याए वापत रसुवाका ३ जना महिला किसानलाई सम्मान गरिएको छ। सामुदायिक चल्ला उत्पादन केन्द्र सञ्चालन गरि जिल्लामा ग्रामिण कुखुरा प्रवर्द्धन तथा खाद्य सुरक्षामा टेवा पुर्याएका रसुवा जिल्ला धैवुङ गाविसकी कल्पना आचार्य, ठुलोगाउँ गाविसकी डिलमाया गुरुङ र लहरेपौवा गाविस की ईश्वरी थिङलाई सु–आहारा कार्यक्रमले प्रशंसापत्र सहित नगद पुरस्कारले सम्मान गरेको हो।
रसुवा जिल्लाका १८ वटै गाविसमा क्रियाशिल सु–आहारा कार्यक्रमले सुनौला एकहजार कार्यक्रम अर्न्तगत बच्चा र सुत्केरी महिलाको स्वास्थ्यलाई ध्यानमा राखि उत्कृष्ट कार्य गरे बापत उनीहरूलाई सम्मान गरिएको सु–आहारा जिल्ला संयोजक मनोज मिश्रले बताउनुभयो।
Comment Here!