लैङि्गक समानताका लागि राष्ट्रसंघको भूमिका महत्वपूर्ण : महासचिव बान
महिला खबर
काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव बानकी मुनले लैङि्गक समानता, महिला सशक्तीकरणका निम्ति महिलाको अवस्थासम्बन्धी राष्ट्रसङ्घीय आयोगको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । उपप्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सीपी मैनालीसँग राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा भएको द्विपक्षीय भेटका क्रममा महासचिव बान यो कुरा बताउनुभएको हो।
नेपालले गरेका विकासको प्रयासलाई आफूले नजिकैबाट नियालिरहेको बताउँदै महासचिव बानले निकट भविष्यमा उपमहासचिव जान एलिसोनको नेतृत्वमा राष्ट्रसङ्घीय प्रतिनिधिमण्डल नेपाल पठाउन लागेको जानकारी समेत दिनुभयो।
भेटमा उपप्रधानमन्त्री मैनालीले नयाँ संविधानबारे महासचिव बानलाई जानकारी गराउनुभएको थियो। उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट महासचिव बानलाई २५६०औँ बुद्धजयन्तीका अवसरमा नेपाल भ्रमणको निमन्त्रणपत्र हस्तान्तरण गर्नुभएको न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।
Comment Here!