बालिका सम्मेलनकाे तयारी पुरा


प्रकाशित मिति :2016-03-17 15:18:04

महिला खबर
काठमाडौं। दोस्रो बालिका सम्मेलनको तयारी लगभग पुरा भएको महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले जनाएको छ।
सरकारले कलिलो उमेरमा हुने विवाह र जवर्जस्ती हुने विवाहलाई निरुत्साहन गर्न आउँदो चैत १० गते काठमाडौंमा राष्ट्रियस्तरको बालिका सम्मेलन गर्न लागेको हो।Kishori aama vela

सम्मेलनमा बालविवाह उच्च रहेका १५ वटा जिल्लाका करीव सय जना किशोर किशोरी सहभागी हुने महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका प्रवक्ता नारायण प्रसाल काफ्ले बताउनुभयो। साथै सम्मेलनमा धार्मिक गुरु, बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधिको पनि सहभागिता रहने छ।

सन् २०३० सम्ममा बालविवाह र जर्वजस्ती विवाह अन्त्यकालागि दिगो विकास लक्ष्यको उद्देश्य पुरा गर्न यो सम्मेलनको आयोजना गर्न लागिएको प्रवक्ता काफ्लेको भनाइ छ।

संंयुक्त राष्ट्रसंघले सन् २०१६ देखि २०३० सम्म लागि तय गरेको दिगो विकासको कार्यसूचीमा बालविवाह, कलिलो उमेरमा हुने विवाह, र जवर्जस्ती हुने विवाहको अन्त्य गर्ने लक्ष्य लिएको छ । नेपालको सविंधानले पनि बालविवाह र जर्वजस्ति विवाहलाई दण्डनीय मानेको छ।

सन् २०१४ मा बेलायतमा भएको पहिलो किशोरी सम्मेलनमा नेपाल सरकारले बालविवाह, कलिलो उमेरमा हुने विवाह तथा जबरजस्ती विवाहको अन्त्य गर्ने प्रतिबद्धता जनाएको थियो । सरकारले मोरङ, सप्तरी, उदयपुर, मकवानपुर, रौतहट, कपिलवस्तु, रूपन्देही, नवलपरासी, कालीकोट, बाँके, दैलेख, सुर्खेत, बझाङ, बैतडी तथा डोटी जिल्लालाई बाल विवाह उच्च रहेका जिल्लाका रुपमा पहिचान गरेको छ। प्रवक्ता काफ्ले का अनुसार सम्मेलनमा यीनै १५ जिल्लाका किशोर किशोरी सहभागी हुने छन्। काठमाडौको होटल सोल्टीमा हुने सम्मेलनको उद्घाटन राष्ट्रपति विद्या भण्डारीले गर्ने कार्यक्रम रहेको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: