पाँचदिनसम्म साल नखस्दा सुत्केरीको मृत्यु


प्रकाशित मिति :2016-03-18 12:51:19

महिला खबर
मुगु। सुत्केरी भएको पाँच दिनसम्म साल नखसेर मुगु फोतु की ३५ बर्षीया जनकला मल्लको ज्यान गएको छ। पाँच दिनअघि सुत्केरी भएपनि साल अड्किपछि उनलाई नार्थपु स्वास्थ्य केन्द्रले जिल्ला अस्पताल पठाएको थियो।

स्वास्थ्यकर्मीको निगरानिमा शिशु जन्मिए पनि साल निकाल्न उनलाई त्यहाँबाट दुइदिन बोकेर जिल्ला अस्पताल ल्याइएको थियो। विहीवार साँझ उनको निधन भएको हो। अड्किएको साल संक्रमित भइसकेकाले निकाल्न नसकेको जिल्ला अस्पतालका डा रत्नविर सुनारले बताउनुभयो ।

डा सुनाका अनुसार उनको रगतमा ८ पोइन्ट मात्र हेमोग्लोविन थियो । हिमपातले सडक अवरुद्ध हुँदा एम्बुलेन्सबाट जनकलालाई सुर्खेत, नेपालगंज या हुम्ला पुर्याेउन कठिनाइ भएको जिल्ला अस्पताले जनाएको छ।

यसअघि उनका पाँच सन्तान जन्मिए भने चारपटक गर्भ तुहिएको थियो।  यो उनको १० औं गर्भ थियो।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: