व्यक्तिगत चेतनाले घटाउँछ बाल विवाह


प्रकाशित मिति :2016-03-18 14:58:06

महिला खबर
बुटवल । बालविवाह नियन्त्रण गर्न व्यक्ति मै चेतना बढ्नुपर्ने सरेकारवालाहरूले बताएका छन् । रुपन्देहीमा बाल विवाहको अवस्था, चुनौती र सरोकारवाला निकायको भूमिका विषयक अर्न्तक्रियामा सहभागीले त्यस्ता कार्य नियन्त्रण गर्न जनचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए। बाल विवाह बढी हुने १५ जिल्लामा रुपन्देही पनि पर्नु ज्यादै दुः ख लाग्दो भएको उनीहरूको भनाइ थियो।

वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र बुटवल क्षेत्र विकास कार्यक्रमले बुटवलमा आयोजना गरेको जिल्लास्तरीय अर्न्तक्रियामा बोल्दै प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बाल विवाह गराउने जो कोहीलाई कारबाही गर्न स्थानीय प्रशासन पछि नहट्ने बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख टङ्कप्रसाद चापागाईंले बाल विवाहका कारण महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले स्वस्थ जीवनका लागि उमेर पुगेपछि मात्र विवाह गर्नुपर्ने सुझाव दिनुभयो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले प्रहरीको एक्लो प्रयासले मात्र बाल विवाह नरोकिने भएकाले सबैको सहयोग र समन्वयको आवश्यकता भएको औंल्याउनुभयो।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: