बलात्कारीलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउन माग


दाेस्राे विश्व महिला सम्मेलन सम्पन्न

प्रकाशित मिति :2016-03-18 17:14:48

आस्था केसी

CC

काठमाडौं। विश्वका महिलाहरू सर्बोच्च शिखर चुम्दैछन् भन्ने नारासहित काठमाडौंमा गत आईतवारदेखि शुरु भएको सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै शुक्रवार सकिएको छ।

सम्मेलनले विश्वका क्रान्तिकारी महिलालाई मुक्ति र परिवर्तनका लागि एकताबद्ध हुने सन्देश दिएको एशिया संयोजक शिला हमालले बताउनुभयो।

घोषणापत्रमा विकाशको नाममा विस्थापन गर्ने कार्य रोकिनुपर्ने, महिला र श्रमको बिचमा श्रम कानुन लागु गरिनुपर्ने, उच्च शिक्षामा हुने व्यापारीकरण रोकिनुपर्ने, बेश्याबृत्तिको तत्काल अन्त्य गरिनुपर्ने, यौनशोषण गर्ने सिपाहीहरूलाई शान्ति मिशनमा जान रोक्नुपर्नेलगायतका बुँदा समेटिएका छन्।

महिला विश्वव्यापी, महाद्धीपीय र सबै क्षेत्रीयस्तरमा संयोजन हुनुपर्ने दोश्रो विश्व महिला सम्मेलनकी संयोजक मोनिकाले बताउनुभयो। उहाँले अगाडि भन्नुभयो —’विश्वभरीका महिला संगठित हुनु जरुरी छ। आपसीरुपमा सम्पर्कमा रही रहदैँ एकअर्काको बारेमा जानकार हुनु जरुरी छ। एकअर्काको सहयोगले मात्र हामी विश्वभरका महिलाले उत्पीडन बिनाकोे अधिकार प्राप्त गर्न सक्नेछौं।’

अर्न्तराष्ट्रिय ऐक्यबद्धता, आपसी सहयोगको व्यवस्थापन, युवा आन्दोलनलाई शसक्त बनाउने र आर्थिक रुपमा आत्मनिर्भर हुनको लागि बिभिन्न देशबाट रकम संकलन गर्दै विश्व महिला संगठनलाई सशक्त र जुझारु बनाउन लागि पर्ने नेदरल्याण्डकी संयोजक समेत रहेकी सम्मेलनको सहजीकरण गरिरहेकी हालिंकाले बताउनुभयो।

विनाशको नाममा हुने विस्थापन रोक्दै महिला र श्रम विचमा श्रम नीति लागु गर्न दवाव दिनको लागि सम्मेलनका सहभागी महिलाले आवाज उठाएका छन्। उच्च र निम्न तहको शिक्षामा हुने व्यापारीकरण रोक्नको लागि युवा महिलाले दवाव दिनुपर्ने उनीहरूको भनाइ छ । युरोपीयन देशमा वेश्यावृतिलाई कानुनी मान्यता दिइएको र यसको फाईदा उठाउँदै माफिया र गिरोहले महिला बेचविखन बढाईरहेको बारेमा ध्यानाकर्षण गराउँदै महिलालाई स्वयमसेवाको नाममा पैसाको आश्वासन देखाएर बलपूर्वक बेश्याबृतिमा लगाईएको प्रति युरोपका प्रतिनिधीहरुले चर्को सवरोध गरेका थिए । यस्तो बेश्यावृति तत्काल बन्द गरिनुपर्नेमा उनीहरूले जोड दिए।

यसैगरी बलात्कारीलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउनु पर्ने र यस्तो गर्ने सुरक्षाकर्मीलाई संयुक्त राष्ट्रसंघको शान्ति मिशनमा लैजान रोक लगाउनु पर्ने कुरा भारत, नेपाल र अफ्रिकालगायतका देशका महिलाले उठाएका थिए।। इरान, टर्की, फिलिपिन्स, नेपाललगायतका देशमा रहेका राजनीतिक बन्दीको रिहा गरिनु पर्ने पनि उनीहरूको माग थियो।

विश्वका बिभिन्न देशमा तल्लो निकायमा काम गरिरहेका महिला संगठनका महिला र सशस्त्र युद्ध लडेर शान्ति प्रक्रियामा सामेल भएका लडाकु महिलाहरु र युवा संगठनमा क्रियाशिल युवा महिलाहरुलाई अगाडि ल्याएर साम्राज्यवाद र पितृसत्ताबादबाट विश्वलाई मुक्त गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको मोनिकाले बताउनुभयो।

सम्मेलनका स्वयंसेवा समितिकी संयोजक धर्मशिला चापागाईले आन्दोलनलाई नयाँ चरणले उठाउने विषयमा छलफल भएको बताउनुभयो। १० वटा कार्यशाला भएकोमा ८ वटा समूहबाट घोषणा पत्रको लागि विषयबस्तु आएको र २ वटा समूहबाट सुझाबमात्र आएको नेपालस्थित सम्मेलनकी संयोजक शिला हमालले बताउनुभयो।

सम्मेलन समापनमा जनगायक जीवन शर्माले सिमली छाँयामा बसी भन्ने चर्चित गीत गाएर सबैलाई नचाउनुभएको थियो।
महिला मुक्ति आन्दोलनलाई एकिकृत गर्नका लागि आन्दोलनको एउटा पाटो तय भएको नेता अमृता थापाले बताउनुभयो। महिला हक हित संरक्षण र समस्या पहिचान र निराकरणको लागि सम्मेलनले नयाँशक्ति प्रदान गरेको उहाँले बताउनुभयो। ती समस्याको समाधान गर्न विश्वभरका महिला एकजुट भएको अर्की संयोजक दुर्गा पौडेलले बताउनुभयो।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: