रमला सिंगक
सुनसरी । भारतको दिल्ली हुदै वैदेशिक रोजगारीमा पठाउने बहानामा महिला वेचविखन गर्न खोज्ने झापा कुमारखोद–७ बस्ने ३७ वर्षीय महेशकुमार भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । उनले विक्री गर्न लागेका पाँच महिलालाई पनि उद्धार गरी घरतिर पठाएको छ । ती महिलालाई झापाको खुला सिमाना प्रयोग गरी भारत छिराउने तयारी भइरहेको बेला भट्टराई पक्राउ परेको र महिलाको उद्धार गरिएकने हो ।
झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्त समेत रहेका डिएसपी भिमवहादुर दाहालका अनुसार पक्राउ परेका भट्टराई विरुद्ध मानव वेचविखन तथा ओसार पसारको मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ । भट्टराईले कन्चनपुर, मकवानपुर, चितवन र झापाका पाच महिलालाई खाडी मुलुकमा मासिक ६० हजार रुपैयाँ भन्दा बढी तलव पाइने सजिलो काममा लगाइदिने भनेर भेला गरी चैत १ गते देखि आफ्नै घरमा राखेका थिए ।
उनले कुनै पनि महिलाबाट रकम नलिइ भारतको दिल्ली र श्रीलङकाको कोलम्बोबाट कुवेत पु¥याउने आश्वासन दिएका थिए । उद्धार गरिएका महिलामध्ये सवैँसँग राहदानी भएपनि श्रम स्वीकृति र प्रवेश अनुमति पत्र नभएको प्रहरीले जनाएको छ । प्रहरीले भट्टराईले महिलालाई वैदेशिक रोजगारीमा पठाउने भनेर भारतको यौन बजारमा वा हिंसाग्रस्त इराकको कुर्दिस्तानमा विक्रि गर्ने योजना बनाएको अनुमान गरेको छ ।
दुइ साता अघिमात्र झापाको खुला सिमा नाका प्रयोग गरेर कुर्दिस्तान पठाउन लागेका ६ महिलाको उद्धार गरिएको थियो भने दुई जना दलाल पक्राउ परेका थिए ।
Comment Here!