बालविवाह अन्त्यका लागि बालिका सम्मेलन महत्वपुर्ण


सम्मेलनमा बेलायती राजकुमार ह्यारी सहभागी हुने

प्रकाशित मिति :2016-03-20 15:47:25

महिला खबर
काठमाडौं । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले बालविवाह, कलिलो उमेरमा हुने विवाह र जवर्जस्ती हुने विवाहलाई निरुत्साहन गर्न काठमाडौँमा हुने राष्ट्रिय बालिका सम्मेलनको तयारी पुरा भएको जनाएको छ ।

girl summitसम्मेलनका बारेमा जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव शंकर प्रसाद पाठकले नेपाल सरकारले सन् २०२० सम्ममा नेपालमा बालविवाह न्युन गर्न जनाएको प्रतिवद्धता पुरा गर्न यो सम्मेलनले सघाउने बताउनुभयो । उहाँले भन्नुभयो‘ बालविवाह अन्त्य कानुनले मात्रै नहुँदो रैछ, मुलुकी ऐन २०२० ले नै वालविवाहलाई दण्डनीय मानेपनि अहिलेसम्म यो चर्को समस्याको रुपमा रहेको छ त्यसैले सामाजिक मुल्य मान्यता र सोचमा परिवर्तन गर्नु आवश्यक छ ।’

पत्रकार सम्मेलनमा प्रवक्ता नारायण प्रसाद काफ्लेले सरकारले बाल विवाह अन्त्य गर्नक लागि तयार पारेको रणनीति अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।

 बेलायती सहयोग नियोग डीएफआइडी की प्रमुख डा. गेल मारजेट्टीले बेलायत सरकारको सहयोगमा  नेपालमा भइरहेका सवै कार्यक्रममा महिला र बालबालिकालाई समावेश गरेको जानकारी दिनुभयो । उहाँले  महिला र बालबालिकाको विकास नभएसम्म समग्र देशको विकास हुन नसक्ने भन्दै नेपाल सरकारले  बालविवाह अन्त्यका लागि गरेका प्रयास प्रसंशनीय भएको बताउनुभयो ।

 युनिसेफका आवाशिय प्रतिनिधि तोमो होजुमीले बालविवाह मानव अधिकारको गम्भीर उल्लघंन भएको बताउनुभयो । ‘कहिले र कोसँग विवाह गर्ने  भन्ने निर्णय गर्ने अधिकार स्वयंम व्यक्तिको हो’ उहाँले  भन्नुभयो । छिटो विवाहका कारण महिलामामात्रै नभइ समग्र समाज मै बहुआयामिक असर पर्ने भन्दै उहाँले छिटो विवाहका कारण महिलाको प्रजनन् स्वास्थ्यमा असर पर्ने र मात्रृ र बाल मृत्युदर उच्च रहने औल्याउनुभयो ।

सम्मेलनको उदघाटन राष्ट्रपनि विद्या भण्डारीले गर्नुहुनेछ भने नेपाल भ्रमणमा रहनुभएका बेलायती राजकुमार ह्यारी पनि सम्मेलनमा सहभागी हुनुहुनेछ ।

सम्मेलनमा बालविवाह उच्च रहेका १५ वटा जिल्लाका ६० जना किशोरकिशोरीको सहभागिता रहनेछ । आयोजकहरूका अनुसार सम्मेलनमा ७० प्रतिशत किशोरी र ३० प्रतिशत किशोर सहभागी हुनेछन् ।

सन २०११ को जनगणनाका आधारमा सरकारले मोरङ, सप्तरी, उदयपुर, मकवानपुर, रौतहट, कपिलवस्तु, रूपन्देही, नवलपरासी, कालीकोट, बाँके, दैलेख, सुर्खेत, बझाङ, बैतडी तथा डोटी जिल्लालाई  सरकारले बालविवाह उच्च रहेको जिल्लाका रुपमा पहिचान गरेको छ ।  सम्मेलनको तयारी स्वरुप सम्मेलनमा सहभागी हुने किशोर किशोरीहरूले आईतवार सोमबार समस्यामा केन्द्रित रहि छलफल गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।

सन् २०१४ मा बेलायतमा  भएको पहिलो किशोरी सम्मेलनमा नेपाल सरकारले सन् २०२० सम्म बालविवाह, कलिलो उमेरमा हुने विवाह तथा जबरजस्ती विवाह कम गर्ने प्रतिबद्धता जनाएको थियो । संंयुक्त राष्ट्र संघले सन् २०१६ देखि २०३० सम्म लागि तय गरेको दिगो विकास लक्ष्यमा बालविवाह, कलिलो उमेरमा हुने विवाह, र जवर्जस्ती हुने विवाहको अन्त्य गर्ने लक्ष्य लिएको छ ।

सरकारले  अन्तर्राष्ट्रिय विकास विभागमार्फत् युकेएडको आर्थिक र  युनिसेफको  प्राविधिक    सहयोगमा यो सम्मेलनको आयोजना गर्न लागेको हो  ।

सम्मेलनमा बालबालिका, किशोर किशोरी, युवा युवती, समुदायका अगुवाहरु , धार्मिक अगुवा, सरकारी तथा अन्तर्राष्ट्रियस्तरका ब्यक्तित्वहरु,विज्ञ तथा लैङिगक समानता,महिला र बालबालिका तथा किशोर किशोरीहरूको अधिकार एवम् सशक्तिकरणको क्षेत्रका व्यक्तिको सहभागिता हुनेछ ।

नेपालमा १३ लाख भन्दा बढी १० देखि १९ वर्षसम्मका किशोरीहरू बालविवाह हुने जोखिममा छन् भने १५ देखि १९ वर्षसम्मका २४।५ प्रतिशत महिला हाल विवाहित छन् । यसैगरि २० देखि ४९ वर्षसम्मका ४८।५ प्रतिशत महिलाको १८ वर्ष नपुग्दै बिहे हुने गरेको छ ।

विश्वमा अहिले पनि ७० लाख भन्दा बढी महिलाको वाल विवाह हुने गरेको युनिसेफले जनाएको छ । युनिसेफका अनुसार हरेक तीन जनामा एक महिला वा २५ करोड महिलाको १५ वर्ष उमेर नपुग्दै विवाह भइसकेको हुन्छ भने १८ वर्ष उमेर नपुग्दै बिहे हुने किशोरीले विद्यालय शिक्षालाई निरन्तरतादिने सम्भावना न्यून हुने  र उनीहरू विभिन्न किसिमका घरेलु हिंसाको शिकार हुने  सम्भावना बढी रहन्छ  ।

२० देखि ३० वर्षका महिलाहरूको तुलनामा कलिला उमेरका     किशोरीहरूको गर्भावस्था तथा प्रसवका वेला आउने जटिलताका कारण मृत्यु हुने र किशोरीले जन्माएका बच्चाहरू पनि मृत जन्मने वा जन्मेको एक महिनामै मृत्यु हुने सम्भावना बढी हुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: