यौन हिंसामा परेकी छात्रा स्कुल फर्किन्


प्रकाशित मिति :2016-03-21 11:46:33

महिला खबर

धनगढी। ६ कक्षामा पढ्दै गर्दा १३ वर्षको उमेरमा यौन हिंसामा परेकी सीमा चौधरी (नाम परिवर्तन) लामो समयपछि स्कुल जान थालेकी छन्।

कैलालीको एक गाउँमा यौन हिंसाको सिकार भएकी सीमा त्यस दिनदेखि स्कुल जान छोडेकी थिइन्। ‘मलाई त्यतिवेला स्कूलका साथीहरूले कुरा काट्लान्, म अझ लज्जित हुनुपर्ला भन्ने सोचें’ सीमाले त्यतिवेलाको समय सम्झिन्– त्यो घटनापछि स्कूल जाने आँट नै भएन।
एउटा गैरसरकारी संस्थाको लामो मनोसामाजिक विमर्शपछि सीमा स्कूल फर्किन मन्जुर भएकी हुन्। जनचेतना तथा युवा जागरण मञ्च (फाया) नेपालले सञ्चालन गरेको सीमान्तकृत समुदायका बालिकाहरूको शिक्षामा सहयोग परियोजना (स्टिम) को निरन्तरको पहलपछि उनी अहिले सहज रूपमा पुनः स्कूल जान थालेकी छिन्।

‘स्कुलमा साथीहरूको सामना गर्नुपर्ला भन्ने त्रासले उनी (सीमा) स्कुल आउन मानेकी थिइनन्’ फाया कार्यकारी निर्देशक धर्मराज पाठकले उनलाई स्कूल फर्काउन गरिएको प्रयासबारे स्मरण गरे– लामो प्रयासपछि उनलाई विद्यालय ल्याउन सफल भइयो।

सीमाले केही आशंका र त्राससहित स्कूल फर्किएपछि आफूले सोचको भन्दा पनि स्कूलमा राम्रो वातावरण रहेको बताइन्। ‘साथीहरूलाई त्यो घटना थाहै रहेनछ’ सीमाले भनिन्– शिक्षकहरूले मलाई त्यस्तो घटना बिर्सनुपर्छ भनेर सल्लाह दिइरहनु भएको छ।

उनी स्टिमले बालिकाको शैक्षिकस्तर सुधारमा थप योगदान पुर्‍याउन शुक्रबार र शनिबार सञ्चालन गर्ने दुई घन्टाको अतिरिक्त कक्षामा पनि सहभागी भइरहेकी छिन्। अतिरिक्त कक्षामा पढाइने विभिन्न प्रेरणादायी विषयवस्तुले आफ्नो कमजोर मानसिकता बलियो बनाउँदै लगेको उनको अनुभव छ। ‘म त्यो क्रुर घटना बिर्सन खोज्दैछु’ सीमाले भनिन्– धेरै पढेर आत्मनिर्भर बन्न सकिएमा घटना बिर्सन निकै सहयोग पुग्ने ठानेकी छु।

सीमालाई यस पटक स्टिमले स्कूल भर्नामा सघायो। एक वर्षलाई पुग्ने स्टेशनरी र पोशाकको व्यवस्था गरिदिएको छ। तर, आगामी वर्ष कसैले सहयोग गरेन भने पढाईलाई कसरी निरन्तरता दिने भन्ने उनको चिन्ता छ। उनको परिवारको आर्थिक अवस्था निकै कमजोर छ। उनका आमा बा भारतमा मजदुरी गर्छन्। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनका दिदी र भाईले बीचैमा पढाई छोडेका छन्।
विद्यालयका प्रधानाध्यापकका अनुसार सीमा पहिलेदेखि नै अलिकति सुस्त मनस्थितिकी थिइन्। ‘यौन हिंसापछि उनी झन् सुस्त भएकी छिन्’ प्रधानाध्यपकले भने– उनको पढाई पनि त्यत्ति राम्रो हुन सकेको छैन।

सीमाले भने आफ्नो क्षमता र सोचमा केही सुधार भएको दावी गरिन्। ‘गणितमा सुधार हुँद छ, अरु विषयमा पनि पहिले भन्दा राम्रो भइरहेको छ’ सीमाले भनिन्।  उनले हालै विद्यालयको आन्तरिक परीक्षामा अंग्रेजीमा १० मा ६, नेपाली विषयमा १० मा नौ नम्बर पाएको सुनाइन्।

उनले आफूमाथि यौनहिंसा गर्नेलाई अदालतले जेल सजाय दिएकोले धेरै आशा र विश्वास पलाएको बताइन्। अधिवक्ता गम्भीरसिंह ऐरले चौधरी थरकै पीडकलाई जिल्ला अदालतले आठ वर्षको सजाय तोकेकोमा पुनरावेदनले त्यसलाई उल्टाउँदै छ वर्षमा झारेको छ। हाल १५ वर्ष उमेरकी सीमा दुई वर्षअघि बलात्कारमा परेकी हुन। घटनापछि केही दिन अस्पतालमा र पछि प्रहरी र अदालतमा बयान दिन जानु परेकोले पनि पढाई छोड्नु परेको उनले बताइन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: