महिला खवर
मोरङ। स्थानीय एक युवतीलाई ६ वर्ष अघि बलात्कार गरी फरार रहेका मोरङ कटारीका २८ वर्षीय जव्वर मियालाई क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले गत शनिबार राती पक्राउ गरेको छ। फरार अभियुक्त पक्राउ गर्ने अभियान अन्तर्गत उनलाई क्षेत्रीय प्रहरी अनुसन्धान व्युरोका विशेष टोलीले पक्राउ गरेको हो।
मियालाई ०६७ असार ३० गते विराटनगरस्थित पुनरावेदन अदालतले बलात्कार मुद्दाको ११ वर्ष र अर्को डकैती पनि गरेकाले डकैती मुद्दाको ६ वर्ष गरी १७ वर्ष जेल सजाय र ६४ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । तर, उनी सोही समयमा फरार लुकेका थिए।
गाउँमा लुकेर बसेको सूचना पाएपछि अनुसन्धान व्युरोको सक्रियतामा पक्राउ परेको प्रहरी नायव उपरिक्षक कमल थापाले बताउनुभयो। उहाँका अनुसार मियालाई अदालतमा पेश गरेर तोकिएको कैद भुक्तानका लागि मोरङ कारागार चलान गरिएको छ।
Comment Here!