सुमित्रा कोइराला
उदयपुर। बोक्सीको आरोपमा ४९ बर्षे सदा थरकी महिलालाई मलमुत्र खुवाउने दुई जना मध्ये एकजना उदयपुरको सुन्दरपुर गाविस ४० वर्षीय देवका सदालाई प्रहरीले पक्राउ गरेको छ।
चैत ६ गते घरमा बसिरहेकी सदालाई छिमेकी देवका र २४ वर्षका संजय सदाले कुटपीट गरि जर्वजस्ती मलमुत्र खुवाएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक ओम बहादुर रानाका अनुसार आरोपितद्वयका घर परिवारका सदस्य विरामी बनाएको भन्दै उनलाई मलमुत्र खुवाएका हुन्।
घटना लगतै फरार भएका संजयकाे खोजी भइरहेको रानाले बताउनु भयो। पक्राउ परेका देवकालाई प्रहरीले म्याद थप गरि अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ।
Comment Here!