प्रहरीमा मानव बेचबिखनका एकसय भन्दा बढी उजुरी


प्रकाशित मिति :2016-03-22 10:45:17

महिला खबर
काठमाडौं । दुई महिनाअगाडिमात्रै सञ्चालनमा महानगरीय प्रहरी अपराध महाशाखाको आएको मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी इकाइमा १११ उजुरी परेको छ । यो इकाइमा विदेशबाट ७० र नेपालबाट ४१ उजुरी परेको प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिनुभयो । महाशाखामा परेको १११ उजुरीमा ३५१ पीडित छन् ।

प्रहरिका अनुसार धेरैजसो विदेशबाट मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी उजुरी परेका छन् । ओमान, कुवेत, साउदी, दुबई, कतार, मलेसिया, रसिया, पोर्चुगललगायत देशबाट उजुरी परेको महाशाखाले जनाएको छ । उजुरी परेकोमध्ये मकाउ, भारत, ओमान, नेपाल, दुबईलगायतका देशबाट १२ महिलासहित ३० जनालाई उद्धार गरेको छ । महाशाखाले आठजनालाई पक्राउ गरेको छ ।

यसैगरी मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको भन्दै देशभरका ६७ म्यानपावर कम्पनीविरुद्ध महाशाखामा उजुरी परेको उपरीक्षक मरासिनीले बताउनुभयो । महाशाखाका प्रहरी उपरीक्षक एवम् प्रवक्ता सहकुल थापाले विदेशमा कामको सिलसिलामा गएका नेपाली नागरिक मर्कामा पर्ने गरेको भन्दै अपराधीलाई पत्ता लगाई कडा कारबाही गर्ने बताउनुभयो ।

कामको सिलसिलामा गएकालाई दुःख दिनेलाई कानुनी कारबाहीमा ल्याउने थापा बताउनुहुन्छ । महाशाखाले मानव ओसारपसार गरेको आरोपमा ३२१ जना खोजी गरिरहेको जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: