विश्व महिला सम्मेलनको घोषणापत्रःमहिला आन्दोलनको विश्वव्यापी संरचना विकास गर्ने


प्रकाशित मिति :2016-03-22 13:09:57

 आस्था केसी

काठमाडौं । ‘दमन र शोषणबिनाको संसार सम्भव छ’ भन्ने उद्घोष गर्दै गतसाता काठमाडौंमा सम्पन्न भएको ‘विश्व महिला सम्मेलन’ले काठमाडौं घोषणापत्र सार्वजनिक गरेको छ । आईतबार बसेकोे आयोजक समितिको बैठकले सम्मेलनले पारित गरेको नौ बुँदे घोषणापत्र संशोधन सहित सार्वजनिक गरेको हो ।

घोषणापत्रमा विश्व महिला आन्दोलनको संरचनाको विकास गरेर विश्वस्तरीय, महाद्वीपीय र क्षेत्रीय स्तरमा संयोजन गर्ने र संगठनात्मक कामलाई सुधार गर्ने कुरामा जोड दिइएको छ । सम्पूर्ण विकसित प्रविधिको प्रयोग गरी सञ्चारको विकास गर्ने, पहिचान र संस्कृति स्थापित गर्ने, पितृसत्तात्मक सोच र संरचनाविरुद्ध महिला र पुरुषको चेतना अभिवृद्धि गर्ने कुरा घोषणापत्रमा उल्लेख छ । त्यसैगरी महिला आत्मरक्षाका उदाहरणलाई प्रोत्साहन गदै त्यसलाई महिला हिंसाविरुद्धको उपयुक्त र प्रभावकारी उत्तरको रुपमा प्रस्तुत गर्ने, मजदुर, किसान तथा लिंग, जात, रंग, धर्म र नश्लका आधारमा गरिने विभेदविरोधी आन्दोलन स्वतन्त्रताका लागि संघर्ष गरिरहेका अन्य क्रान्तिकारीहरूसँग सहकार्य गर्ने कुरा घोषणापत्रमा उल्लेख गरिएको छ ।

पूँजीवादी प्रणालीको विकल्प खोज्ने, बहस गर्ने र त्यसका लागि संघर्ष गर्ने कुरामा घोषणापत्रको जोड छ । अहिले नै महिलाको अवस्थामा तुरुन्तै परिवर्तन आउन सम्भव नभएको निष्कर्ष निकाल्दै त्यसका लागि राजनीतिक, आर्थिक र सामाजिक प्रणाली परिवर्तन गर्नुपर्ने र त्यसका लागि महिला मुक्ति आन्दोलनलाई जनताको अन्य क्रान्तिकारी संघर्षसँग जोड्नुपर्ने कुरामा घोषणापत्रले बिशेष जोड दिएको छ ।

विश्वका महिलाको जुझारु आन्दोलन विकास गरेर स्पष्ट दृष्टिकोणसहित अघि बढ्ने र महिला आन्दोलनको भविष्यको उत्तरदायित्व बहन गर्नुका साथै युवा महिलालाई सशक्त बनाउने कुरा घोषणापत्रमा समेटिएको छ ।

घोषणापत्रमा सम्मेलनले पितृसत्तात्मक संरचना र साम्राज्यवादविरुद्ध लडिरहेका महिलालाई अधिकतम सहभागिता गराउन सकेकोमा खुसी व्यक्त गरिएको छ । महिलाविरुद्धका आन्दोलनले विश्वभर चुनौती खेपिरहेको बेला साम्राज्यवादको संकट गहिरिँदै गएको, त्यसको मार श्रमजिवी वर्ग र अझ बढी महिलामा परिरहेको निष्कर्ष निकाल्दै यस्तो समयमा सम्मेलन महत्वपूर्ण रहेको निष्कर्ष निकालिएको छ ।

विश्व महिला संगठनको आधिकारिक वेवसाईटमार्फत सार्वजनिक गरिएको दस्तावेजमा लेखिएको छ, ‘एसिया, मध्यपूर्व, उत्तरी अफ्रिका, यूरोपमा विभिन्न प्रकारका विभेद कायमै छ । पुँजीवादले महिलालाई व्यक्तिगत सम्पत्तिको रूपमा व्यवहार गरिरहेको छ, जसको काम विवाह गर्नु र बच्चा जन्माउनु हो । त्यसैगरी महिला र बालबालिका बेचबिखनको समस्या पनि उस्तै छ । दोश्रो विश्व महिला सम्मेलनले यस्ता समस्याबारे अनुभव आदानप्रदान गर्न र विश्वभरका महिलालाई त्यसविरुद्ध लड्न तयार हुने वातावरण तयार पारेको छ ।’

पूँजीवादी संकट, वातावरणीय विपत्ति, आर्थिक सकंट र युद्धको खतराजस्ता चुनौतीले महिलालाई अझ उत्पीडनमा पार्ने भएकाले पाँच वटा मुख्य सिद्धान्तका आधारमा विश्वका महिलाको अन्तर्राष्ट्रिय आन्दोलन अघि बढ्ने प्रतिबद्धता सम्मेलनले गरेको छ ।

दस्तावेजमा भनिएको छ, ‘हामी दलीय सोचभन्दा माथि उठेर काम गर्छौं, काम गर्छौं र प्रजातान्त्रिक तरिकाले निर्णय गर्छौं । स्वतन्त्र छौं, हाम्रो संगठनको आर्थिक आधार बलियो बनाउँछौं । काम गर्न सिक्छौं र अन्तर्राष्ट्रियतावादी सोच राख्छौं । बहसको प्रजातान्त्रिक तरिका अभ्यास गर्छौं । र, सबैभन्दा महत्वपूर्ण कुरा के हो भने महिला आन्दोलनलाई दिगो हुने गरी बलियो बनाउँछौं ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: