महिला खबर
कैलाली । कैलालीकी एक किशोरीको भारतको देहरादुनवाट उद्दार गरिएको छ ।
मानब बेचबिखनविरुद्ध क्रियाशिल संस्था शान्ति पुनर्स्थापना गृहले भारतको
देहरादुनबाट ती किशोरीको उद्धार गरेको हो ।
१७ वर्षीया किशोरी आफ्नै फूपुबाट तीन वर्षअघि बेचिएको खबर पाएपछि उनको उद्दार गरेकोे पुनर्स्थापना गृहका कार्यक्रम संयोजक बासुदेब भट्टराइले जानकारी दिनुभयो ।
भट्टराइले दिल्लीबाट दिएको जानकारी अनुसार शान्ति पुनर्स्थापना गृहले नारी निकेतन देहरादुनको सहयोगमा किशोरीको उद्धार गरी मंगलबार नेपाल ल्याएको छ । उनलाई केही समय संस्थाको धनगढीस्थित आबाधिक गृहमा राख्ने र उनको परिवार सम्पर्कमा आएपछि परिवारको जिम्मा लगाउने भट्टराइले बताउनुभयो
Comment Here!