बालिकाले सोधिन् : के बालविवाह अन्त्य गर्न हामी एकजुट हुन्छौँ त ?


प्रकाशित मिति :2016-03-23 16:28:12

महिला खबर

काठमाडौं। काठमाडौंमा भइरहेको दोस्रो बालिका सम्मेलनलाई कालीकोटकी १५ वर्षीया बालिका राधिका बुढाले किशोरीहरूका तर्फबाट सम्बोधन गरिन्। उनले भनिन् ‘नेपालको कानुन अनुसार बाल विवाह गर्न पाँईदैन। र पनि भईरहेको छ। कस्तो नमज्जा !’ ‘हाम्रो देशमा लैङ्गिक असमानता र छोरीको महत्व कम देख्ने सामाजिक परिपाटीका साथै गरिबी, अशिक्षा र असुरक्षाको भावनाले बाल विवाहलाई मलजल पुर्‍याईरहेको छ ‘ उनले भनिन्।

Radhika e

विविध जातजाति र संस्कृति रहेको नेपाली समाजमा बाल विवाह र बालिकामाथि हुने दुर्व्यवहारको अवस्था पनि फरक भएको उनले बताइन्।

सम्बोधनमा उनले भनिन् ‘पश्चिमका कतिपय जल्लाहरूमा महिनावारी भएका समयमा हामीलाई छाउपडीका नाममा अँध्यारो गोेठमा राखिन्छ भने तराईका जिल्लामा दाईजो कम लाग्ने भन्दै छिट्टै विवाह गरेर पठाईन्छ। हामी छुई हुनु अगाडी नै हामीलाई कन्यादान गर्‍यो भने पुण्य पाईने विश्वासले हाम्रो छिट्टै विवाह गरिन्छ। यी सबै अन्धविश्वास र कुरीतिको अन्त्य गर्नुपर्छ।’

Breaker

बालिकाहरूको जिवनका विकल्प तथा अवसरहरूको सही छनौट गर्न, आत्मसम्मान र आत्म गौरवको भावना विकसित गर्न आफूहरूको क्षमता विस्तार गर्नुपर्ने उनले बताइन्। ‘सशक्तीकरणको एउटा महत्वपुर्ण पाटो गुणस्तरिय शिक्षा हो। त्यसैले विद्यालयमा बालमैत्री वातावरण हुनु पर्छ’ उनले भनिन्।

बाल विवाहका कारण के हुन् र यसको अन्त्यको लागि के के गर्नुपर्छ भन्ने कुराको पहिचान गर्न १५ जिल्लामा जिल्ला गरिएको परामर्श भेला र अन्तरपुस्ता संवादमा सरोकारवालाहरूसँग आफूहरूले प्रश्न सोधेको उनले बताइन। यसक्रममा सरोकारवालाहरूले यसको अन्त्यका लागि धेरै प्रतिबद्धता जनाए। मेरो आशा छ कि यी प्रतिवद्धताहरु कार्यान्वयन हुने छन्।
सम्बोधनको अन्त्यमा उनले सम्मेलनमा सहभागी सवैलाई प्रश्न गरिन् ‘के हामी सबै बालविवाह अन्त्य गर्न एकजुट हुन्छौँ त?’

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: