भोलि शुक्रबार चैत १२ गते “सञ्चारिका रेडियो म्यागेजिन समकोण” को १४१र्औं अंक विहान ७:३० बजेदेखि ८:०० बजेसम्म रेडियो कान्तिपुर ९६.१ मेगाहर्जमा काठमाडौं र १०१.८ मेगाहर्जमा काठमाडौं बाहिर सुन्न सक्नुहुनेछ ।
कार्यक्रममा समावेश गरिएका विषयवस्तु:-
- कञ्चनपुरमा पतिको सहयोगमा व्यापार–व्यवसाय गरी आत्मनिर्भर बनेर आर्थिक हैसियत बढाएका र समाजमा इज्जत कमाएका महिलाले गरेका जीवन–सङ्घर्ष झल्काउने निर्मला ठकुराठीले तयार पारेको जिल्ला रिपोर्ट,
- पुणर्निर्माण प्रक्रियामा महिलाको सहभागिता विषयमा राष्ट्रिय पुणर्निर्माण प्राधिकरणको परार्मश समितिको सदस्य शर्मिला कार्कीसंग लिइएको समकोण अन्तर्वार्ता,
- देशको आधा भन्दा बढी जनसङ्ख्या भएका नागरिक महिलाले भूकम्पको प्राकृतिक विपत्तिको मार बढी खेपे पनि पुनर्निर्माण अभियानमा सहभागिताको लागि मानवीय दरिद्रताको पनि मार खेप्नु नपरोस् भन्ने खबरदारी झल्काउने काठमाडौं रिपोर्ट,
Comment Here!