खेमा बस्नेत
कैलाली । धनगढी चौराहारमा प्रिया सुनारको चिया पसल छ । उनले आफू दलित भएकै कारण धेरै पटक विभेद सहनुपरेको वताउँछिन् । ‘मेरो पसलमा चिया खान आउने धेरै शिक्षित र भद्रभलादमी नै हुन्छन, तर मैले उनीहरूवाटै जातको आधारमा विभेद सहनुपरेको छ, दलित समुदायका नागरिकले तल्लो दर्जाको नागरिकका रुपमा बाच्नुपर्ने बाध्यता छ’ उनले भनिन् ।
कैलालीको गोदावरीका दलित समुदायले दलित भएकै कारण धाराको पानी समेत उपभोग गर्न नपाएको करण विक वताउछन् । ‘धारामा पानी भर्ने निहुँमा ममाथि उपल्लो जातको भन्नेहरूले र्दुव्यबहार गरे, धारा छोएकोे निहुँमा अहिले पनि तुच्छ व्यवहार गर्छन् ’ उनले भने ।
जातीय छुवाछुतविरुद्धको कानुन बनेको वर्षौ भइसकेको छ । जातिय छुवाछुत तर जातिय छुवाछुतका घटना मिलापत्रमा सिमित हुनाले छुवाछुतले प्रोत्साहन पाएको आरडिएन नेपालका अध्यक्ष प्रेम विक बताउँछन् । उनले भन्छन् ‘सुदूरपश्चिममा जातिय छुवाछुत कायमै छ । प्रहरीसम्म पुगेका घटना समेत मिलापत्र हुने भएकाले जातिका आधारमा विभेद गर्ने व्यक्तिले प्रोत्साहन पाएका छन् ।’
जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी राजेन्द्र विष्टले समाजको तल्लो तहमा जातिय छुवाछुत कायमै रहेको बताउँछन् । जातीय छुवाछुत अन्त्यको अभियानमा प्रहरी पनि लागेको दाबी एसपी विष्टको छ ।
Comment Here!