महिला खबर
काठमाडौं । गत महिना पन्ध्र महिलाको हत्या भएको छ । सञ्चारिका समूहले गत फागुनमा १५ वटा राष्ट्रिय दैनिकमा गरेको सञ्चार अनुगमनले १५ जना किशोरी तथा महिलाको हत्या भएको यी हत्यासम्बन्धी ५२ वटा समाचार सामग्री प्रकाशित भएको जनाएको छ ।
समूहले आज जारी गरेको विज्ञप्ति अनुसार फागुन महिनामा बलात्कारका १२ वटा घटनाका ४४ वटा समाचार सामग्री प्रकाशित भएका थिए । ६ वटा यौन दुर्व्यवहारका घटनाका २१ वटा र स्वास्थ्य अधिकार हनन्का २ वटा घटना थिए र ५८ वटा समाचार सामग्री प्रकाशित भएका थिए ।
आर्थिक अधिकारसँग सम्बन्धित ९० वटा समाचार, विचार तथा सम्पादकीय छापिएको विज्ञप्तिमा जनाइएको छ । यस अवधिमा मानव बेचबिखनसम्बन्धी २६ र राजनीतिक अधिकार हनन्सम्बन्धी ८० समाचार, विचार तथा सम्पादकीय छापिएका छन् ।
त्यस्तै परम्परागत र धार्मिक हिंसासम्बन्धीे एउटा घटना भएको थियो र ४४ वटा समाचार सामग्री प्रकाशित भएका थिए । बोक्सी आरोपका एउटा घटना र ७ वटा समाचार सामग्री प्रकाशित भएका थिए । घरेलु हिंसासम्बन्धी ३ वटा घटना र १६ वटा समाचार सामग्री प्रकाशित भएका थिए । त्यस्तै बहुबिवाहसम्बन्धीे ६ वटा समाचार सामग्री प्रकाशित भएका थिए र दाईजोसम्बन्धी २ वटा समाचार प्रकाशित भएका थिए ।
अनुगमनमा खेलकुद र मनोरञ्जनसम्बन्धी समाचारबाहेक दैनिक पत्रिकाका समाचार, विचार तथा सम्पादकीय सामग्री समेटिएको समूहले जनाएको छ ।
महिलामाथि हुने विभिन्न प्रकारका हिंसालाई १३ वटा शीर्षकमा अनुगमन गरिएको थियो, जसमा बलात्कार, यौन दुर्व्यवहार, घरेलु हिंसा, दाइजो, मानव बेचविखन, हत्या, बहुविवाह, बोक्सी, परम्परागत तथा धार्मिक हिंसा, आर्थिक, स्वास्थ्यसम्बन्धी, राजनीतिक र अन्य थिए ।
महिला हिंसासम्बन्धी सबैभन्दा बढी समाचार भित्री पृष्ठमा छापिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिका अनुसार पहिलो पृष्ठमा ३८ वटा समाचार छापिएका थिए भने पृष्ठमा ९६ वटा समाचार छापिएका थिए । यसैगरि यसपाचौं पृष्ठमा ९७ वटा समाचार छापिएका थिए ।
अनुगमनले महिलामाथि हिंसा गर्नेमा परिवारका सदस्य २९, छिमेकी ३, राज्य १, पीडक उल्लेख नभएका ३ र अन्य २८ जना देखाएको विजप्तिमा जनाइएको छ । सो अवधिमा महिला हिंसासम्बन्धी सम्पादकीय ५, फोटो समाचार १६, लेख १०२, सफ्ट न्यूज ६७ तथा हार्ड न्यूज ४२९ प्रकाशित थिए । प्रकाशित समाचारमध्ये हार्ड न्युज ९१, सफ्ट न्यूज ४७ र ३७ वटा लेखमा मात्र फोटो÷स्केच प्रयोग गरिएको थियो ।
समूहका अनुसार यस पटक हत्याका २ वटा र यौन दुर्व्यवहारको २ वटा ‘फलोअप’ समाचार प्रकाशित भएका थिए । ‘हार्ड न्यूज’ मा ९१ वटा फोटोको प्रयोग पाइएको छ ।
समाचार सामग्रीमा पीडित वा पीडक कसको तस्बिर राख्ने भन्नेमा यस अघि झै सम्पादकीय दृष्टिकोणको अभाव देखिएको विज्ञप्तिमा उल्लेख छ । यस महिना पीडितका ३७ वटा तस्बिर छापिएका थिए भने पीडकका ५ वटा तस्बिर छापिएको थियो ।
सञ्चारिका समूहले सञ्चारमाध्यममा महिला हिंसाका समाचार कति आएका छन् ? ती समाचारले कस्तो प्राथमिकता पाइरहेका छन् ? हिंसाका समाचारमा ‘फलोअप’ समाचार आएका छन् कि छैनन् ? समाजमा के कस्ता लैंगिक हिंसा भइरहेका छन् र ती सम्बन्धमा कस्ता समाचार सामग्री आइरहेका छन् भनेर सञ्चार अनुगमन गर्दैआएको समूहका सचिव बिमला तुम्खेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Comment Here!