गैरदलित युवकले गरे दलित युवतीसँग मागी विवाह


प्रकाशित मिति :2016-03-24 15:00:28

रुपा गहतराज
नेपालगञ्ज । बाँकेको फत्तेपुरका २१ वर्षीय सुकलाल विष्टले आफ्नै गाउँकी दलित समुदायकी युवतीसँग मागी विवाह गरेका छन् । विष्टले दुबैतर्फका अभिभावकको सहमतिमा आफ्नै गाउँकी नरमति विकलाई जीवनसाथी बनाएका हुन् । छोरी माग्न आएका विष्ट परिवारलाई नरमतिका बुबा मतीलाल र आमा दिलकुमारीले छोरीले भविष्यमा दुःख पाउने कुरामा शंका व्यक्त गर्दै प्रश्न गरेका थिए ।

छोराले रोजेकी केटी माग्न गएका दुर्गाबहादु विष्ट र मिनाकुमारी विष्टसँग विक परिवार भविष्यमा छोरीले दुःख नपाओस भन्दै विवाहका लागि राजी भएका थिए । धुमधामसँग भएको विवाहमा भोज खान अधिकांश गाउँले पनि विष्टको घरमा पुगेका थिए ।

विष्ट स्थानीय उच्च माविमा कक्षा ११ मा अध्ययनरत छन् भने विकले १० कक्षा पढेकी छन् । बिहे गरेपछि सुकलाल र नरमतिले प्रोत्साहन रकम माग्दै बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिएका छन् ।

दलित र गैरदलितबीचको अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न यस्तो विवाह गर्नेलाई सरकारले एक लाख रुपैयाँ दिने व्यवस्था गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका नायब सुब्बा केशव पौडेलका अनुसार गएका तीनवटा आर्थिक वर्षमा अन्तरजातिय विवाह गरेका ३१ जोडीले प्रोत्साहन रकम पाउन प्रशासनमा लिखित निवेदन दिएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: