महिला खबर
काठमाडौं । संशोधनको क्रममा रहेको श्रम ऐन २०४८ मा अनौपचारिक क्षेत्रका मुद्दा पनि समेट्न यस क्षेत्रमा काम गर्ने महिला श्रमिक र सरोकारवालाले माग गरेका छन् । आज काठमाडौंमा भएको अन्तकृया कार्यक्रमा मनोरन्जन क्षेत्रमा कार्यरत महिला श्रमिकले उक्त माग गरेका हुन ।
महिलाका निम्ती महिला मञ्च नामक संस्थाले गरेको अन्तकृया कार्यक्रममा मनोरन्जन क्षेत्रमा काम गर्दै आएका महिला श्रमिकहरूले अहिले पनि आफूहरूको सुरक्षा नभएको, आफूमाथि भएको घटनाको उजुरी लिएर जाँदा प्रहरीले अपशब्द प्रयोग गर्ने, रेष्टुरेण्ट डान्सबार र दोहोरी साँझका मालिकसँग प्रहरी मिल्ने र आफूहरू समस्यालाई गम्भीर रुपमा नलिएको बताए ।
कार्यक्रममा श्रम ऐनमा रहेका त्रुटिको बारेमा अधिवक्ता रत्नेश्वर प्रसाद शर्माले जानकारी गराउनु भएको थियो ।
कार्यक्रमा उपस्थित अधिकांश महिला श्रमिकले तलब नपाएको गुनासो गरेका थिए । उनीहरूले राज्यले दह्रो कानुन बनाएर कामको नियुक्ति पत्र दिने र सम्मानपूर्वक जिवनयापन गर्न वातावरण बनाइदिनुपर्ने बताए ।
महिलाका निम्ती महिला मञ्चकी अध्यक्ष कविता रानामगरले संशोधनको क्रममा रहेको श्रम ऐनले उनीहरूका मुद्दा नसमेटे आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । उक्त संस्थाका अनुसार उपत्यकामात्र करिब ४० हजार महिला श्रमिक दोहरी, रेष्टुरेन्ट, मसाज पार्लर र डान्सबारमा कार्यरत छन् ।
Comment Here!