पार्वती पाण्डे

प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरे
कपिलवस्तु । कपिलवस्तुमा प्रमुख जिल्ला अधिकारी इन्दु घिमिरे आएसँगै दुई कार्यालय प्रमुख महिलालाई उत्साह थपिएको छ । केही दिनअगाडिमात्र स्याङ्जाबाट सरुवा भई कपिलवस्तु जिल्ला आएपछि जिल्लामा अन्य महिलासँगै सरकारी निकायमा कार्यरत महिलाहरू हर्षित वनेका थिए । प्रमुख जिल्ला अधिकारी घिमिरे जिल्लामा आउना साथ जिल्लाका अगुवा महिलाले खुशीका साथ स्वागत गरेका थिए । कपिलवस्तुमा प्रमुख जिल्ला अधिकारी र जिल्ला कारागार प्रमुख महिला छन् ।

महिला तथा वालवालिका कार्यालय प्रमुख कलावती ओझा
महिला तथा वालवालिका कार्यालयका प्रमुख कलावती ओझाले भन्नुभयो ‘काम त गरिरहेकै छौं, यद्यपी प्रमुख जिल्ला अधिकारी महिला नै आउँदा थप उत्साह जागेको छ ।’ अव थप नयाँ केही हुन्छ कि भन्ने आशा लागेको छ । जिल्लाको प्रमुखमा महिला हुँदा फरकपनको महशुस हुँदोरहेछ , उहाँले भन्नुभयो ।

जिल्ला कारागार प्रमुख रेखा पुन
उहाँलाई जस्तै खुशी जिल्ला कारागार कार्यालयका प्रमुख रेखा पुनलाई पनि लागेको छ । जिल्लामा प्रमुख महिला नै आउँदा खेरी त साँच्चीकै नयाँपनको अनुभूती भएको र काममा थप जाँगर आएको उहाँले वताउनुभयो । जिम्मेवारी पाएको काम गर्न त सकिन्छ नै , त्यसैमा पनि प्रमुख जिल्ला अधिकारी महिला नै आउनु भएको छ , कार्यालय आभारी छ , उहाँले भन्नुभयो ।
अव जिल्ला पुर्ण महिला मैत्री वन्ने अपेक्षा जिल्लाका महिलाले गरेका छन् । एमाले नेता विमला घिमिरेले अव सरकारी कार्यालयमा हुने विभेद हट्ने अपेक्षा आफूले लिएको प्रतिक्रिया दिनुभयो । अझैपनि सरकारी कार्यालयमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको परिवेशमा जिल्लाको प्रमुखमा महिला आएकोले सवै कार्यालयहरु महिला मैत्री हुने छन भन्ने आशा जागेको उहाँ वताउनुहुन्छ । त्यस्तै नेपाली कांग्रेसका नेता माधुरी श्रेष्ठले महिलाको न्यायमा पहुँच हुने वताउँनुभयो । राप्रपाकी विजयी लक्ष्मी सिंहले अव जिल्ला लैंगिक मैत्री वन्ने वताउनुहुन्छ ।
महिला मानवअधिकार रक्षक मिना परियारले प्रमुख जिल्ला अधिकारी महिला आए सँगै लैंगिक पहुँचमा वृद्धि हुने वताउनुभयो । महिला खबर डट कमसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले सरकारी कार्यालयहरू महिला मैत्री वनाउने कुरा आफ्नो प्राथमिकतामा रहेका बताउनुभयो । ‘कार्यालयमा आउने चाहे महिला हुन वा पुरुष र अन्य, सवै सेवाग्राहीलाई समान रुपले कार्यालयले सेवा प्रदान गर्नुपर्नेछ , उहाँले भन्नुभयो ।
Comment Here!