दार्चुलामा महिलाको नाममा घरजग्गा दर्ता गर्ने बढे


प्रकाशित मिति :2016-03-25 12:04:55

नरेन्द्रसिंह कार्की

दार्चुला। महिलाको नाममा घरजग्गा दर्ता गर्नेको संख्या यस आर्थिक वर्षको आठ महिनामा दार्चुलामा ह्वात्तै बढेको छ। महिलाको नाममा जग्गा दर्ता गर्दा छुट पाइने भएपछि संख्या बढेको हो।

मालपोत कार्यालयका अनुसार घरजग्गा दर्ता गर्दा ग्रामिण भेगमा ५० प्रतिशत र शहरी क्षेत्रमा २५ प्रतिशत छुट दिएपछि महिलाको नाममा धेरै घरजग्गा दर्ता हुन थालेको हो। फागुनमसान्तसम्म ग्रामिण भेगका ५६ र शहरी क्षेत्रका ६७ जना महिलाले आफ्नो नाममा जग्गा दर्ता गरेको तथ्याकं कार्यालयसँग रहेकाे छ।

जसमा दलित महिला ५ जना, मुक्त हलिया ६ जना, अपांगता भएका १ जनाले आफ्नो नाममा घरजग्गा दर्ता गरेको जिल्ला मालापोत कार्यालय दार्चुलाले जनाएको छ। ‘महिलाको नाममा घरजग्गा दर्ता गर्दा छुट हुन्छ भन्ने जानकारी पाएपछि महिलाको नाममा दर्ता गर्ने संख्या बढेको हो,’ मालपोत कार्यालय दार्चुलाका सूचना अधिकृत एवं नायब सुब्बा आनसिंह डागा बताउँछन्।

यस्तै मालपोत कार्यालयमा महिलाको नाममा घर जग्गा दर्ता गराए ग्रामिण भेगमा ५० प्रतिशत, शहरी क्षेत्रमा २५ प्रतिशत र त्यस्तै बृद्धबृद्धाको हकमा ५० प्रतिशत छुट दिने व्यवस्था छ।

कार्यालयले घरजग्गा दर्तावापत आठ महिनाको अवधिमा ३८ लाख ४० हजार ५ सय ७६ राजस्व संकलन गरेको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: