चट्याङबाट घाइते किशोरीको उपचारमा समस्या


प्रकाशित मिति :2016-03-25 12:33:00

गोमा परियार
Lighteningपोखरा। आर्थिक अभावका कारण चट्टयाङ लागेर घाईते भएकी देबी बिकको उपचारमा समस्या भएको छ। उनको उपचारका लागि केही आफन्तले अार्थिक सहयोग जुटाउन  पहल गरिरहेका छन्।

पोखराको मालेपाटन बस्ने १८ बर्षीया देबी आफ्नै घरमा पढिरहेको समयमा गत फागुन २२ गते चट्टयाङ लागेर गम्भीर घाइते भएकी थिइन्। कक्षा ९ मा अध्ययनरत देबीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ।

 सिन्धुली जिल्ला हतपतेकी देबीको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या भएको परिवारले जनाएको छ । उनका बुवा दोस्रो बिबाह गरी बेपत्ता भएपछि हाल आमासँग पोखरा बस्दै आएकी उनको उपचारमा सहयोग गर्न आर्थिक संकलन भइरहेको छ।

देबीकी आमाले आफूहरूको आर्थिक अवस्था कमजोर भएकाले छोरीको उपचारमा सहयोग गर्न अनुरोध गरेकी छन्। शरीरका पुरै भागमा गहिरो चोट लागेका कारण शल्यक्रियाका लागि लामो समय अस्पताल मै बस्नुपर्ने अस्पतालले जनाएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: