रीतालाई एसिड हान्ने मुख्य अभिुयक्त पहिचानःअझै पक्राउ परेनन् 


प्रकाशित मिति :2016-03-25 15:00:56

रुपा गहतराज
Rita Acidनेपालगन्ज। दाङ की ३५ वर्षीया रीता चौधरीलाई एसिड प्रहार गर्ने मुख्य अभियुक्त अझै पक्राउ पर्न सकेको छैन। मुख्य अभियुक्त दाङबाट भागेर सीमावर्ती भारतीय क्षेत्रमा पुगेको प्रहरीले जनाएको छ।

फागुन २७ गते साँझ ७ बजे दाङको घोराही नगरपालिका–२ स्थित प्रहरी स्कुल नजिकै किराना पसल सञ्चालन गर्दै आएकी चौधरीलाई मास्क लगाएर चुरोट र दालमोट किन्ने बहानामा एसिड प्रहार गरेर अभियुक्तहरू भागेका थिए।

एसिड प्रहारको घटनामा संलग्न भएको आशंकामा जिल्ला प्रहरी कार्यालय दाङले रीताका छिमेकी बिनु चौधरी र सुनिल चौधरीलाई पक्राउ गरी अनुन्धान सुरू गरेको छ।

रीताका आफन्तले एसिड प्रहारको सो घटनामा नेपालगन्ज फुलटेग्रा घर भई दाङमा बस्दै आएका बद्री बिशाल मिश्रा मुख्य ब्यक्तिको रुपमा संलग्न रहेको किटानी जाहेरी दिएका छन्। सो घटनापछि मिश्रा फरार छन्। मिश्रा नै एसिड प्रहारको घटनामा मुख्य नाइके भएको भन्दै प्रहरीले उनको खोजतलास तिब्र पारेको जनाएको छ।

एसिड प्रहारबाट चौधरीको दाहिने गाला, आँखाको नजिकको भाग, घाँटी र छातीमा चोट लागेको छ। घाईते रीताको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भईरहेको छ। गत शनिबार उहाँको पहिलो चरणको शल्यक्रिया गरिएको थियो।

एसिडले जलेकी चौधरीको प्लाष्ट्रिक सर्जरी गरेर थप उपचार गरिएको र उहाको अवस्थामा निक्कै सुधार भएको उपचारमा संलग्न नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा प्लाष्ट्रिक सर्जन डा बिनोद कर्णले जानकारी दिनुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: