सरसफाइ अभियानमा चापागाउँका महिला


प्रकाशित मिति :2016-03-27 13:14:48

महिला खबर

pic i

ललितपुर । ‘सकिन्छ सफा गरौं, सकिँदैन फोहोर नगरौं’ भन्ने मूल नाराका साथ बज्रबाराही नगरपालिकाको प्याङ्गाउँ टाहाखेल खण्डमा सरसफाई जनचेतना अभियान सञ्चालन गरिएको छ । सिर्जनशील वातावरण संरक्षण केन्द्र र टाहाखेल स्टार युवा क्लवको संयुक्त आयोजना तथा मानवअधिकार निगरानी समूह, चापागाउँ र बिद्यार्थीको सहभागितामा सरसफाइ अभियान सञ्चालन गरिएको हो ।

सरसफाइ अभियानमा महिला सहभागिता उल्लेख्य थियो । घरघरबाट निस्कने फोहोरको असर हामीलाई नै बढी हुने हो यो अभियानमा पनि हाम्रै उपस्थिति बढी छ । अगुवा महिलाले सरसफाइ गर्दैगर्दा भने । उनीहरूको उपस्थितिले सफाइ अभियानमा महिलाको संवेदनशीलतालाई प्रष्ट्याएको मानवअधिकारकर्मी एवम् पत्रकार रमेशप्रसाद तिमल्सिनाले  बताए।

sar sa

यो अभियान निरन्तर रूपमा सञ्चालन गर्दै आएको र अभियानहरूमा महिला सहभागिता उल्लेख्य रहँदै आएको चापागाउँ स्वास्थ्य चौकीमा कार्यरत पार्वती तामाङले बताइन्। ‘सरसफाइको काम घरघरबाट शुरुवात गर्नुपर्छ । अरुले गरेर एकैछिन मात्रै सफा हुने हो ।

दीर्घकालीन समाधानका लागि आफू नै सचेत भएर जुट्नुपर्छ । अरुको मुख कसैले पनि ताक्नु हुँदैन’ स्थानीय महिला अगुवा एवम् इन्सेक सहजकर्ता गीता दाहालले भनिन् । उनले अभियान सञ्चालन गर्दा अभियानकर्ताले फोहोर नटिपेर सँगैका स्थानीयहरूलाई सो काममा सहभागी गराउनुपर्ने बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: