महिला खबर
काठमाडौं । पर्यावरणीय सुरक्षा र मानव स्वास्थ्यसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाली काँग्रेसका नेता सुजाता कोइराला चीन जानुभएको छ । चीनको जिनानमा यही १७ र १८ गते हुने सम्मेलनमा भाग लिन उहाँ आज अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको हो । कोइराला विश्व जलवायु अनुकूलन र पर्यावरणीय सञ्जालसम्बन्धी महिला समितिको अध्यक्ष समेत हुनुहुन्छ ।
सम्मेलनमा विश्वको वातावरण र प्रदूषणका बारेमा छलफल हुनेछ । दुईदिने उक्त सम्मेलनमा जलवायु विषयका अन्तर्राष्ट्रिय विशेषज्ञको सहभागिता रहनेछ ।
Comment Here!