दार्चुलामा एक रुपैयाँ सहयोग अभियानकाे तयारी


प्रकाशित मिति :2016-03-28 11:26:27

नरेन्द्रसिह कार्की
दार्चुला। जिल्ला अस्पताल दार्चुलामा रगत अभावका कारण शल्यक्रिया सेवा दिन समस्या भएपछि रक्तसञ्चार केन्द्र स्थापनाका लागि रकम संकलन अभियान थालिने भएको छ । जिल्ला अस्पताल दार्चुलाको पहलमा सर्वसाधारणबाट एक रुपैयाँ दान संकलन अभियान थाल्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र तिंकरीले बताउनुभयो।

आवश्यक मात्रामा रगत नहुँदा गत भदौदेखि सञ्चालनमा आएको निःशुल्क प्रसूति सेवा केन्द्रमा समेत समस्या परेका कारण यस्तो अभियान सुरु गर्न लागिएको उहाँको भनाइ छ। सञ्चार केन्द्र स्थापनाका लागि सरकारी कर्मचारीबाट एकदिनको तलब बराबरको रकम संकलन गरिने छ।  यसै हप्ता सर्वपक्षीय बैठक बसाली औपचारिक रुपमा रक्त सञ्चार केन्द्र स्थापनाको अभियान थालनी गरिने तिंकरीले बताउनुभयो।

जिल्लामा रक्तसञ्चार केन्द्रको स्थापनाबिना विभिन्न शल्यक्रिया शुरु गरिएपछि अहिले समस्या देखिएको हो। निःशुल्क प्रसूति केन्द्र सञ्चालनसँगै आकस्मिक प्रसूति तथा नवजात शिशु स्याहार केन्द्र पनि सञ्चालनमा छ। अस्पालमा केन्द्र सञ्चालन भएपछि जटिल समस्या गर्भवतिको शल्यक्रिया गरी बच्चा निकाल्नुपर्ने भएकाले रक्तसञ्चार केन्द्रको आवश्यकता रहेको अध्यक्ष नगेन्द्र तिंकरी बताउँनुहुन्छ ।

‘धेरैजसो शल्यक्रियामा रगतको खाँचो हुने गर्छ’, उहाँले भन्नुभयो। जिल्ला अस्पतालमा रक्तसञ्चार केन्द्र नभएर आवश्यक पर्दा रगत उपलब्ध हुन सकेको छैन। यसअघि यहाँ शल्यक्रिया गर्न विशेषज्ञ र अन्य साधनस्रोत नहुँदा धनगढी, नेपालगञ्ज, भारतको पिथौरागढ लगायतका ठाउँ जानुपर्ने बाध्यता भने हटेको छ।

जिल्लाबाहिरबाट शल्यक्रिया गर्न अन्तिम अवस्थामा जानु पर्दा कतिपय आमा र शिशुले अकालमै ज्यान गमाउनु परेको थियो। निःशुल्क प्रसूति सेवा केन्द्र सञ्चालनमा आएसँगै शल्यक्रियाबाट बच्चा जन्माउन अन्य जानुपर्ने समस्याबाट मुक्ति पाएको छ। जिल्लामा केन्द्र स्थापनाको लागि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र तिंकरीको अध्यक्षतामा सहयोग समिति गठन भइसकेको छ।

सोही समितिलाई पूर्णता दिएर अघि बढिने उहाँले जानकारी दिनुभयो। समितिमा उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्थाको तर्फबाट अशोक ओझालगायतका सदस्य रहेका छन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: