आस्था केसी
काठमाडाैं । पद्मकन्या क्याम्पसकी स्ववियु सभापति लालकुमारी पोख्रेल स्वस्तिकाको आज विहान सवारी दुर्घटनामा परि मृत्यु भएको छ। सोमबार बिहान बाराको अमलेखगञ्जमा सवारी दुर्घटना हुँदा स्ववियु सभापति स्वस्तिकाका घटनास्थलमै निधन भएको पद्मकन्या क्याम्पस नेबी संघ ईकाई सभापति कौशिला भट्टले जानकारी दिनुभयो । दुर्घटनामा गाडी चालक काभ्रेका ध्रुव कार्कीको पनि मृत्यु भएको छ
हेटौंडाबाट पथलैया तर्फ आँउदै गरेको ना ४ ख ५६९६ नम्बरको बस र विपरित तर्फ जाँदै गरेको ना ३ च ८०९७ नम्बरको कार एकआपसमा ठोकिएर दूर्घटना भएको थियो। दुर्घटनामा स्वस्तिकाका भिनाजु गोबिन्द बहादुर बुढाथोकी र भाई प्रदिप पोख्रेल घाईते भएका छन्।
उदयपुरको कटारी घर भएकी लालकुमारी पोख्रेल स्वस्तिकाको नामले सबैतिर परिचित हुनुहुन्थ्यो। पद्मकन्या क्याम्पसमा स्नातकोत्तर पहिलो वर्षमा अध्यनरत उहाँले साहसी र जुझारु विद्यार्थी नेताको छवि बनाउनुभएको थियो । उहाँको मृत्युले बिद्यार्थी आन्दोलनलाई अपुरणीय क्षति पुगेको भट्टले बताउनुभयो।
बाराको कलैयास्थित अस्पतालबाट उहाँको शव काठमाडौं ल्याएर श्रद्धाञ्जलीका लागि क्याम्पसमा राखी भोली नै दाहसंस्कार गरिने भट्टले जानकारी दिनुभयो।
Comment Here!